default_image

3 years ago

November 27, 2021

अष्ट्रेलियन अल्मुनाईमाथि मञ्चको जित

127 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत शनिबार भएको मैत्रीपुर्ण खेलमा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले अष्ट्रेलियन अल्मुनाईमाथि जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा मञ्चले अष्ट्रेलियन अल्मुनाईमाथि ३–१ को जित निकालेको हो । मञ्चको जितमा प्रज्वल शाक्य, गौरव फुयाल र अभिनव जोशीले गोल गरे । अष्ट्रेलियन अल्मुनीका निरु थापाले एक गोल फर्काइन् ।

महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत साथी फाउन्डेसनको आयोजनामा एको मैत्रीपुर्ण खेलमा अष्ट्रेलियन अल्मुनाई, अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल खेलकुद पत्रकार मञ्चले सहकार्य गरेको थियो ।

‘हाम्रो गोल महिला हिंसाविरुद्ध’ भन्ने नारासहित आयोजित मैत्रीपूर्ण फुटबल कार्यक्रममा नेपालका लागि अष्ट्रेलियन राजदूत फिलिसिटी भोल्क, साथी फाउन्डेसनकी बन्दना राणा, एन्फाका महासचिव इन्द्रमान तुलाधर लगायतको उपस्थिति रहेको टोली विजयी टोली तथा उपविजयी टोलीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.