default_image

3 years ago

November 26, 2021

एसियन पारामा पलेशासहित ४ खेलाडीले भाग लिने

357 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बहराइनमा आयोजना हुन लागेको एसियन युथ पारा गेम्समा नेपालबाट दुई खेलका ४ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । एसियन युथ पारा गेम्समा नेपालले पहिलोपटक सहभागिता जनाउन लागेको हो ।

एसियन युथ पारा गेम्समा पारा तेक्वान्दो पहिलोपटक समावेश गरिएको विधा हो । नेपालबाट पारा तेक्वान्दो र पारा ब्याडमिन्टनका चार खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पारा तेक्वोन्दोबाट पलेशा गोवद्र्धन श्रेष्ठ, सिर्जना घिसिङ र विशाल गर्वुजा तथा पारा ब्याडमिन्टनबाट प्रकाश अधिकारीले प्रतिस्पर्धा गर्नेछन् ।

एसियन युथ पारा गेम्स २ देखि ८ डिसेम्वरसम्म बहराइनको मानामा शहरमा आयोजना हुदैछ । बहराइन जाने ४ खेलाडीसहित ६ सदस्यीय टोलीलाई शुक्रबार युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज र नेपाल तेक्वान्दो संघका उपाध्यक्ष नन्द कुमार राईलगायतले बिदाई गरे । पारा तेक्वान्दोको प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन् । प्रशिक्षक लामा लेभल टु अन्तर्राष्ट्रिय प्रशिक्षक हुन् ।

टोली नेताको रुपमा नन्दा बस्याल रहेकी छन् । प्रशिक्षक लामासहित सिर्जना र विशाल गर्वुजा आज (शुक्रबार) साँझ तथा टोली नेता नन्दा बस्याल, पलेशा र प्रकाश शनिबार बिहान त्यसतर्फ प्रस्थान गर्नेछन् ।

पलेशाले के ४४ को ५७ केजीमुनि प्रतिस्पर्धा गर्नेछिन् । सिर्जनाले के ४४ को ५२ केजीमुनि तथा विशालले के ४४ को ५८ केजीमुनि खेल्नेछन् । ब्याडमिन्टनका प्रकाशले एसएल– ४४ क्याटगोरीको पुरुष सिंगल्समा खेल्नेछन् ।

सिर्जना र विशालले पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेका हुन् । पलेशाले यसअघि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितासँगै यसै वर्ष जापानको टोकियोमा सम्पन्न पारालिम्पिकमा प्रतिनिधित्व गरिसकेकी छिन् । पलेशा पारालिम्पिकमा पदकबाट थोरैले चुकेकी थिइन् ।

सिर्जना र विशालले पनि पारालिम्पिकमा खेल्ने प्रयास गरेपनि खेल्ने अवसर पाएका थिएनन् । त्यसपछि दुवै जनाले पलेशालाई ओलम्पिक प्रशिक्षणमा सहयोग गरेका थिए । प्रशिक्षक लामाले एक साताको तयारी भएपनि खेलाडीले मिहेनत गरेका कारण पदकको आशा गरिएको बताए ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.