3 years ago
November 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कपिल तामाङले छैटौं राष्ट्रिय प्यानक्रेसन प्रतियोगितामा स्वर्ण जितेका छन् । नेपाल प्यानक्रेसन एथ्लिमा संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ५०–५५ केजी फाइनलमा कपिलले दीपक तामाङलाई पराजित गरे ।
मत्छेगाउँमा भएको प्रतियोगिताको पुरुष २५–३० केजीमा मोनिक लामा तथा ४५–५० केजीमा समिर मगरले स्वर्ण जिते । महिला ३०–३५ केजीमा सम्झना तामाङ, ४०–४५ केजीमा विपसना श्रेष्ठ र ५०–५५ केजीमा साइना महर्जनले पहिलो स्थान हात पारे ।
विजेतालाई आयोजक संघ अध्यक्ष बुद्धरत्न श्रेष्ठ, चन्द्रागिरी नगरपालिकाकी उपमेयर लिशा नकर्मीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले उद्घाटन गरेका थिए ।
प्रतियोगितामा सात प्रदेशका १ सय १२ खेलाडीले विभिन्न १५ स्वर्णका लागि प्रतिस्पर्धा गरेको आयोजक संघका महासचिव स्वयम्भूराज डंगोलले जनाएका छन् ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]