3 years ago
November 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो नेपाल मुवाथाई बेल्ट च्याम्पियनसिपमा नेपाल आर्मी टिम च्याम्पियन बनेको छ । गोकर्णेश्वरको शंखडोलस्थित कराते हलमा भएको प्रतियोगिताको एमेच्युअरतर्फ पुरुष ५४ केजीमा आर्मीका कृष्ण पुनले गोकर्णेश्वर क्लबका मानसिंह तामाङ्गलाई पराजित गरे ।
६५ केजीमा आर्मीका भुपेन्द्र रोका मगरले सुकेधारा क्लबका राजकुमार श्रेष्ठलाई हराए । ७० केजीमा रेज क्लबका अशुतोष मुल्मीले सुकेधाराका दोर्ची शेर्पालाई पाखा लगाए । पुरुष ७० केजीकै अर्को फाइटमा आर्मीका प्रकाश बरुवालले केन्द्रीय क्लबका राजेश कुवरलाई निराश पारे ।
गोकर्णेश्वर मुवाथाई नगर कमिटीद्वारा आयोजित सेमि प्रोफेशनल फाइटतर्फ पुरुष ५६ केजीमा बक्स्मान्डुका अनुज कार्कीले गोकर्णेश्वरका प्रवीण राईलाई, ५४ केजीमा गोकर्णेश्वर क्लबका कृतिम श्रेष्ठले सुकेधारा क्लबका यमन मोक्तान, ६५ केजीमा सातदोबाटोका बिक्रम मोक्तानले सुकेधाराका नारायण श्रेष्ठ र ६५ केजीकै अर्को भिडन्तमा आर्मीका नारायण थापाले केन्द्रीय क्लबका मुकेश लुइँटेललाई पाखा लगाए ।
प्रोफेसनल बेल्ट फाइटतर्फ महिला ५१ केजीमा रेज क्लबकी तेजीमाया गुरुङ्गले केन्द्रीय क्लबकी डेनिका राइलाई पराजित गर्दै बेल्ट जितिन् भने पुरुष प्रोफेशनल फाइटको ५० केजीमा पोखराका ज्ञानेन्द्र सिंहले सुकेधाराका तेजन मगरलाई पाखा लगाउदै जिते । पुरुष ६० केजीमा फ्रेन्डसिप मुवाथाई क्लबका विवेक गदालले सुकेधारा क्लबका प्रवेग घिसिङलाई पराजित गर्दै बेल्ट हात पारे ।
पुरुष ५४ केजिमा गोकर्णेश्वर क्लबका लाक्पा तामाङ्गले सुकेधाराका आनन्द राईलाई, ५६ केजीमा केन्द्रीय क्लबका सन्दिप तामाङ्गले गोकर्णेश्वर क्लबका दावा फुन्जो शेर्पालाई, तथा ७० केजीमा आर्मी क्लबका होमबहादुरले गोकर्णेश्वर क्लबका नवराज पराजुलीलाई पराजित गर्दै बेल्ट हात जिते ।
विजेतालाई गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, गोनपा. युवा तथा खेलकुद समिति संयोजक सन्जय लामा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसाल, नेपाल राष्ट्रिय मुवाथाई संघका अध्यक्ष गणेशलाल कक्षपतीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा ९ क्लब सहभागी थिए ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]