default_image

3 years ago

November 25, 2021

जित कुन्डोमा नितेशलाई स्वर्ण

73 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंका नितेश श्रेष्ठले दोश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जित कुन्डो मार्सल आर्ट प्रतियोगिताको पुरुष ४५.५–५० केजीमा बिहीबार स्वर्ण जितेका छन् ।

नेपाल जित कुन्डो मार्सल आर्ट संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा नितेशले नुवाकोटका विक्रम थापा मगरलाई पराजित गर्दै पहिलो स्वर्ण जिते ।

धनगढीका प्रदिप साउदले तेश्रो स्थानमा चित्त बुझाए । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे । विजेतालाई टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत प्रशासन विभागका विभागीय प्रमुख कुलबहादुर थापाले पुरस्कृत गरे ।

धापासीस्थित श्रीसमाज भवनमा भइरहेको प्रतियोगिताको पुरुष ५०.५–५५ केजीमा नुवाकोटका रविन तामाङ र एपीएफका सञ्जय राईले स्वर्ण भिडन्त पक्का गरे । तेश्रो स्थानका लागि धनगढीका नवीन ऐर र ललितपुरका दिरन राईबीच खेल हुने छ । ६०.५–६५ केजीमा धनगढीका रोशन देउवा सेमिफाइनलमा पुगे ।

टोखा नगरपालिकाको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगितामा विभिन्न १५ जिल्ला, एपीएफ र भारतका १ सय ५० खेलाडीको सहभागिता रहेको आयोजक संघका प्रमुख प्रशिक्षक समेत रहेका महासचिव शिव थापाले जनाएका छन् ।

पुरुषमा ९ र महिलामा २ गरी ११ स्पर्धामा समावेश प्रतियोगितामा प्रत्येक स्पर्धामा नगद पुरस्कार राखिएको छ । स्वर्ण जित्नेले २५ हजार, रजतले १० हजार र कांस्यले ५ हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगिता शनिबारसम्म चल्ने छ ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.