3 years ago
November 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं-एसियन यु–१४ र्याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को चारै स्पर्धामा नेपालले स्वर्णमा ‘क्लिन स्विप’ गरेको छ ।
बिहीबार सिंगल्स फाइनलको ब्वाइज-गल्स दुवैमा नेपाली खेलाडीले शीर्ष स्थान हात पार्दै स्वर्णमा नेपालले ‘क्लिन स्विप’ गरेको हो । बुधबार ब्वाइज-गल्स डबल्समा नेपाली जोडीले शीर्ष स्थानमाथि कब्जा जमाएका थिए ।
नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्स फाइनलमा नेपालका सक्षमविक्रम शाहले नेपालका दर्शिल श्रेष्ठलाई ६–१ र ६–० को सोझो सेटमा सहजै पराजित गरे । पाकिस्तानका अमिर मुहम्मद खान मजारी र भारतका सिद्धार्थ जिबु संयुक्त रुपमा तेश्रो भए ।
सातदोबाटोस्थित टेनिस कम्प्लेम्समा भएको गल्स सिंगल्स फाइनलमा नेपालकी सुनिरा थापाले नेपालकै प्रशंसा मोक्तानलाई ६–४ र ७–६ को सेटमा हराइन् । नेपालकी आद्या पौडेल र अमेरिकाकी नाला जोस्फिन मास्केले तेश्रो स्थानमा चित्त बुझाए ।
अघिल्लो साता सम्पन्न सर्किट– १ को सिंगल्समा पनि सक्षम र सुनिरा नै च्याम्पियन बनेका थिए । त्यस सर्किटको डबल्समा पनि दुवैले स्वर्ण जितेका थिए । यसअघि डबल्सको ब्वाइजमा सक्षम र दर्शिल तथा गल्समा सुनिरा र प्रशंसाको जोडीले बाजी मारेका थिए ।
विजेतालाई नेपाल टेनिस संघका उपाध्यक्ष केशवराज पाण्डे, प्रतियोगिता निर्देशक एवं टेनिस संघका सदस्य अजय विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पाँचदिने प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र अमेरिकाका ३३ खेलाडीले ४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
April 29, 2025
राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]