default_image

3 years ago

November 22, 2021

एथलेटिक्स जोडी वैवाहिक बन्धनमा बाँधिए

183 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एथलेटिक्सका पूर्व खेलाडी सन्तोष श्रेष्ठ र दिलमाया कार्की विवाह बन्धनमा बाँधिएका छन् । नेपाल एपिएफ क्लबमा एथलेटिक्स प्रशिक्षकका रुपमा कार्यरत नेपालगन्ज उपमहानगर पालिका १२ का ३७ वर्षे सन्तोष र सुर्खेत बराहताल गाँउपालिका ४ की ३२ वर्षे दिलमायाले ८ वर्षको प्रेम सम्बन्धलाई आइतबार विवाहमा परिणत गरेका हुन् ।

सन्तोष १६ वर्ष अघि र दिलमाया ९ वर्षअघि एपिएफमा आबद्ध भएका थिए । छोटो दुरीका धावक उनीहरु खेलकै दौरान नजिक भएको सन्तोषले सुनाए । ‘क्लबमा सँगै अभ्यास गरिन्थ्यो । त्यहि क्रममा नजिक हुँदै जाँदा एकअर्कालाई मन पराइयो,’ उनले भने, ‘आठ वर्षदेखि प्रेम सम्बन्धमा थियौं । अहिले परिवारको सहमतिमा विवाह भयो । पहिलो हाम्रो र पछि उनको परम्परा अनुसार विवाह गर्यौं ।’

दिलमायाले केहि समय अघि जर्मनीबाट स्पोर्टस एथलेटिक्सको कोर्स पूरा गरेकी छन् भने सन्तोषले ५ वर्षअघि भारतको पटियालामा एक वर्षे एथलेटिक्सको डिप्लोमा कोर्स गरेका थिए । अहिले एपिएफमा सन्तोष मध्यम र लामो दूरीका खेलाडीलाई प्रशिक्षण दिन्छन् । त्यस्तै दिलमायाले भने १ सय, २ सय मिटर, ४ सय मिटरका खेलाडीलाई प्रशिक्षण दिन्छन् ।

दिलमायाले एसियाली खेलकुद, दक्षिण एसियाली खेलकुद (साग) र विश्व च्याम्पियनसिपमा देशको प्रतिनिधित्व गरेकी थिइन् । उनी ४ सय मिटर र ४ गुण ४०० रिलेको कीर्तिमानी खेलाडी पनि हुन् । सन्तोषले भने २०१० को ११ औं साग र मकाउमा भएको एसियन इन्डोरमा सहभागिता जनाएका थिए । सन्तोष टोकियो ओलम्पिकमा सरस्वती चौधरी र बर्लिन म्याराथनमा गोपीचन्द्र पार्कीको प्रशिक्षकका रुपमा सहभागी भएका थिए । शनिबार सम्पन्न नेपालगन्ज म्याराथनमा पनि उनी एपिएफ टोलीको प्रशिक्षकका रुपमा सहभागी भए ।

default_image

February 7, 2025

थाइल्याण्डविरुद्ध नेपालको सामान्य योगफल

काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा थाइल्याण्डविरुद्ध नेपाल सामान्य योगफलमा समेटिएको थियो । जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८१ रन मात्र जोड्न सक्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक १७ रन जोडिन् । उनले २९ बलमा १ चौका प्रहार गरिन् […]

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

Success

Thank you for your time.