default_image

3 years ago

November 22, 2021

खेलकुद महासंघको खेल नीति सम्मेलन आज सकिदै

252 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघ दुई दिने खेल नीति सम्मेलन सोमबार सम्पन्न हुँदैछ ।

दोस्रो दिन विभिन्न कार्यपत्र प्रस्तुत र त्यसमाथि छलफल हुने महासंघका सचिव तथा प्रचार प्रसार प्रमुख उमेश केसीले बताए । काठमाडौं घोषणा जारी गर्दै खेल नीति सम्पन्न हुने बताएको छ । एमालेका अध्यक्ष एवंम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको आइतबार उद्घाटन गरेका थिए । पहिलो दिन तीन वटा कार्यपत्र प्रस्तुत भएका थिए।

एमालेका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिक पार्टी र खेलकुद संगठनहरु, पिएचडी स्कोलर ओमकृष्ण प्रसाईंले नेपालमा खेलकुद विश्वविद्यालय, आवश्यकता र औचित्यता तथा महासंघका अध्यक्ष रमेशकुमार पौडेलले “ महासंघको सांगठनिक योजना, लक्ष्य तथा कार्यक्रम नामक कार्य पत्र प्रस्तुत गरे ।

उद्घाटन समारोहमा ओलम्पियन संघका अध्यक्ष दिपक विष्ट, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठ, गैर आवासीय नेपाली संघ खेलकुद समितिका सदस्य सचिव धर्म गिरीले सम्मेलनको सफलताको कामना गरे ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.