default_image

3 years ago

November 21, 2021

रन फर प्रोटिन हाफ म्याराथन अर्को महिना

245 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भेटनरी एसोसिएनको आयोजनामा अर्को महिना काठमाडौंमा रन फर प्रोटिन हाफ म्याराथन आयोजन हुने भएको छ ।

आयोजकले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै म्याराथन पुस ३ गते शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने जानकारी गराएको हो ।

प्रतियोगितामा खुल्ला हाफ म्याराथान (महिला÷पुरुष), खुल्लापुरुष १० किमि, महिला ५ किमि, १२ कक्षासम्मका विद्यार्थीलाई ५ किमि (पुरुष) र ३ किमि (महिला) र फरक क्षमता भएका व्यतिmहरुको लागि ह्वीलचेयर गरी ६ विधा समावेश गरिएको नेपाल भेटनरी एसोसिएनका अध्यक्ष डाक्टर सितलकाजी श्रेष्ठले जानकारी गराए ।

हाफ म्याराथनको महिला तथा पुरुषको विजेताले समान १ लाख रुपैया हात पार्नेछ । दोस्रो हुनेले ७५ हजार, तेस्रो हुनेले ५० हजार, चौथो हुनेले ४० हजार र पाँचौ हुनेले ३० हजार रुपैयाँ हात पार्नेछ । १० किलोमिटरको विजेताले ५० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले ३० हजार, चौथो हुनेले २० हजार र पाँचौ हुनेले १० हजार रुपैयाँ हात पार्नेछ ।

५ किलोमिटर पुरुषतर्फ र ३ किलोमिटर महिलातर्फको विजेताले समान ३० हजार रुपैयाँ हात पार्नेछ । दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १५ हजार, चौथो हुनेले १० हजार तथा पाँचौ हुनेले ५ हजार रुपैयाँ हात पार्नेछ । ह्वील चेयरको विजेताले ३० हजार, दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १५ हजार, चौथो हुनेले १० हजार र पाँचौ हुनेले ५ हजार रुपैयाँ हात पार्ने आयोजकले जनाएको छ । पुरस्कारमा मात्रै १० लाख ५० हजार रहेको छ ।

म्याराथनमा करिव २ हजारको सहभागिता रहने अनुमान गरिएको नेपाल भेटनरी एसोसिएनका अध्यक्ष डाक्टर सितलकाजी श्रेष्ठले जानकारी गराए । उनले प्रतियोगितालाई निरन्तरता दिने बताए । म्याराथन दशरथ रंगशालाबाट शुरु भएर थापाथली, माइतीघर, नयाँ बानेश्वर, तिनकुने, कोटेश्वर, गठ्ठाघर, राधे–राधे (भाटभटेनी स्टोर) हुदै सोही रुट फिर्ता हुदै दशरथ रंगशालामा आएर टुंगिनेछ ।

यस प्रतियोगितालाई नेपाल दाना उद्योग संघ, नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, नेपाल ह्याचरी उद्योग संघ, नेपाल अण्डा उत्पादक संघ लगायतका संस्था सहयोगीको रुपमा रहेका छन् । दौडलाई नेपाल एथलेक्सिक एशोसिएसनले मान्यता दिनुका साथै प्राविधिक सहयोग समेत गरेकोे सचिव आरके विष्टले जानकारी गराए ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.