3 years ago
November 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको देउराली डोजो सातौं जुनियर कराते प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । देउराली ४ स्वर्ण, ३ रजत र ४ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो ।
नेपाल सितोरियो कराते डो संघ, ठमेल शाखा डोजोद्वारा आयोजित प्रतियोगितामा पाहुना टोली भारत दोश्रो भयो । भारतले २ रजत र १५ कांस्य जित्यो । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको पुरुषमा नेपालका युनिक राना मगर तथा महिलामा नेपालकै याउजुमा लामा उत्कृष्ट खेलाडी घोषित भए । भारतकी प्रतिभा सुरेश जाधव अनुशासित खेलाडी चुनिइन् ।
विजेतालाई पूर्व युवा तथा खेलकुद मन्त्री दावा तामाङ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य पुरेन्द्रविक्रम लाखे, आयोजक डोजोका प्रमुख सन्तोष श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । २० स्पर्धा समावेश दुईदिने प्रतियोगितामा नेपालका ३ सय २५ र भारतका ५५ खेलाडी सहभागी थिए ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]