3 years ago
November 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई शेरबहादुर खड्का स्पेसल अवार्ड– २०७७ बाट शनिबार सम्मान गरेको छ ।
प्रतिष्ठानले अरुणालाई नगद ५० हजार र ट्रफीसहित गिफ्ट ह्याम्परसहित सम्मानित गरेको हो । एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने, प्रतिष्ठानकी संरक्षक गमली खड्का, प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्का, नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के, नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्द, पेन्ट डिलर्स एसोसिएसनका अध्यक्ष रामचन्द्र खत्री र यानलग इंकका सीएफओ सन्तोष पाण्डेले अरुणालाई सम्मानित गरे ।
अरुणालाई यानलग इंकबाट स्मार्ट वाच र इटालियन सुट पिस, सुलक्स सेन्टरबाट टिसर्ट र घडी तथा धुलिखेल लज सिसोर्टबाट एकदिनको प्याकेज प्रदान गरिएको थियो । अरुणाको कप्तानीमा नेपालले बंगलादेशको ढाकामा भएको प्रथम बंगमाता एसियन सिनियर महिला सेन्ट्रल जोन भलबलमा स्वर्ण तथा नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जितेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत न्यौपानेले प्रतिष्ठानले भलिबल खेल र खेलाडीको हितका लागि प्रशंसनीय कार्य गर्दै आएको बताउदै निजी क्षेत्रबाट पनि खेलको विकासमा सहयोग गर्न सकिने उदाहरण प्रस्तुत गरेको बताए ।
अध्यक्ष खड्काले खेलकुदका साथै सामाजिक क्षेत्रमा पनि प्रतिष्ठानले कार्य गर्दै आइरहेको बताउदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । प्रतिष्ठानले खेलकुद क्षेत्रमा भलिबल खेलाडी सम्मानका साथै महिला भलिबल प्रतियोगिता आयोजना र भलिबल खेलाडीलाई छात्रवृत्ति पनि प्रदान गर्दै आइरहेको छ ।
त्यस्तै प्रतिष्ठानले महिला राष्ट्रिय भलिबल टोली र न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई खेल पोशाक पनि प्रदान गरेको थियो । सामाजिक र खेलकुद क्षेत्रमा गरेको कार्यको मूल्यांकन गर्दै नेपाल सरकारले प्रतिष्ठानलाई विभूषित गर्ने निर्णय गरेको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]