3 years ago
November 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीकी मिनु गुरुङ प्रकाश दाहाल स्मृति दोश्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको महिला ५४ केजीमा शुक्रबार स्वर्ण जितेकी छन् ।
नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भएको प्रतियोगिताको फाइनलमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी मिनुले नेपाल प्रहरीकी निशा तामाङलाई पराजित गरिन् ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हाताको कराते हलमा भएको प्रतियोगिताको महिला ४८ केजीमा नक्सालकी सुष्मा तामाङले एचटुओकी अस्मिता दुवाल, ५० केजीमा एपीएफकी माला राईले कास्कीकी सोनिया बरुवाल तथा ५२ केजीमा आर्मीकी ललिता महर्जनले नक्सालकी शिला राईलाई फाइनलमा हराउदै पहिलो स्थान हात पारे ।
पुरुष ४८ केजीमा आर्मीका सुशिल थापाले सुर्खेतका मोहन गुरुङ, ५१ केजीमा एपीएफका प्रदीप महर्जनले आर्मीका सुवास तामाङ, ५४ केजी आर्मीका प्रेम चौधरीले भूपु बक्सिङका उपास गुरुङ, ५७ केजीमा एपीएफका पुरन राईले बक्समान्डुका सुरज महर्जन, ६० केजीमा बीएनकेबीका इन्द्रबहादुर सुनारले कञ्चनपुरका महेन्द्र चन्द तथा ६३.५ केजीमा एपीएफका सोनम सार्कीले आर्मीका दोलबहादुर चौधरीलाई पाखा लगाउदै स्वर्ण जिते ।
विजेतालाई पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्व मन्त्री विना मगर, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
प्रत्येक स्पर्धाका विजेतालाई ५ सय युरो, उपविजेतालाई ३ सय युरो र तेश्रोलाई २-२ सय युरो नगद पुरस्कार प्रदान गरिएको थियो । नगद पुरस्कार अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (आईबा) का अध्यक्ष उमार क्रेम्लेभले व्यक्तिगत रुपमा उपलब्ध गराएका हुन् ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]