3 years ago
November 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सितोरियो कराते डो संघ, ठमेल शाखा डोजोले शारीरिक सुगठनका सानु गुरुङ तथा करातेका मन्डेकाजी श्रेष्ठ र मुकुन्द्र महर्जनलाई शुक्रबार सम्मान गरेको छ ।
ठमेल शाखा डोजोको आयोजनामा भइरहेको सातौं जुनियर कराते प्रतियोगिताको उद्घाटनका अवसरमा उनीहरुलाई सम्मान गरिएको हो । काठमाडौं महागरपालिकाका मेयर विद्यासुन्दर शाक्य र डोजो प्रमुख सन्तोष श्रेष्ठले उनीहरुलाई प्रशंसा पत्र प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे ।
शनिबारसम्म चल्ने प्रतियोगितामा नेपालका ३ सय २५ र भारतका ५५ खेलाडी सहभागी छन् । पुरुष÷महिलामा समान १०–१० गरी २० स्पर्धामा लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा प्रतिस्पर्धा भइरहेको छ ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]