8 years ago
November 16, 2016
धनगढी (हाम्रो खेलकुद) – आयोजक फारवेष्ट पशुपति युवा क्लव, शसस्त्र प्रहरी वल र सुदुरपश्चिम ११ सुदुरपश्चिमको सर्वाधिक पुरस्कार राशीको शुभश्री प्यालेस फारवेष्ट पशुपति कप २०७३ को सेमिफाइनलमा पुगेका छन् । योसँगै सेमिफाइनल समिकरण पुरा भएको छ । पेटला युवा क्लब मंगलबार नै अन्तिम चारमा पुगिसकेको छ ।
बिहानमा भएको खेलमा फारवेष्ट पशुपतिले हसनपुर युवा क्लवलाई ३-० हरायो । टोलीको जितमा कप्तान गजेन्द्र शाही, मणिराम चौधरी र कमल देउवाले गोल गरे । फारवेष्टले अव पटेलासँग सेमिफाइनल खेल्नेछ ।
दिउँसोको खेलमा शसस्त्र प्रहरी वलले अत्तरीयाको सिर्जनसिल युवा क्लवलाई पेनाल्टी सुट आउटमा ४-२ ले पराजित गरेको छ । साँझ तेस्रो खेलमा सुदुरपश्चिम ११ ले स्पोर्टस स्कुल फुटवल एकेडेमीलाई ६-० ले हराएको थियो । माधव भण्डारी र रामसिंह राना समान २ तथा जीवन चौधरी र विजय सिंहले समान १ गोल गरे । अर्को सेमिफाइनल सुदूरपश्चिम ११ र शसस्त्र प्रहरी वलबीच हुनेछ ।
फारवेष्ट पशुपति युवा क्लवको आयोजनामा भईरहेको प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख नगद पाउनेछन् । धनगढीको शुभश्री प्यालेस प्रा.लि.ले मुख्य प्रायोजन गरेको प्रतियोगिताका विभिन्न विधाका उत्कृष्ट खेलाडीहरु पनि जनही १० हजार पाउने आयोजक क्लबका सचिव ललित मिश्रले जानकारी दिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]