8 years ago
November 16, 2016
काठमाडौं (हाम्रो खेलकुद) – कोरियाको सिओलमा हुने मैत्रीपूण फुटबलमा सहभागी हुन राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) को यु–१६ पुरुष फुटबल टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ ।
कोरिया युथ फुटबल स्किल फाउन्डेसनको निमन्त्रणमा युवा शैक्षिक कार्यक्रममा सहभागी प्रशिक्षार्थी खेलाडीले फाउन्डेसनको दुई टोलीसँग मैत्रीपूर्ण फुटबल खेल्ने राखेपले जनाएको छ । १३ खेलाडीसहित टोली १७ सदस्यीय छ । खेलाडीहरुमा मन्दिप गुरुङ (कप्तान), बर्दान बस्नेत, ओजश पोखरेल, यश मग्राती, सुयोग कुँवर, मिराज वज्राचार्य, कृपल गिरी, आयुश न्यौपाने, ग्लोरियस राई, आभाष मरहठ्ठा, आभूषणराज शाही, आर्यन राजभण्डारी र आभाष विष्ट छन् । अफिसियलमा लोकेन्द्र आचार्य र दीपकराज शाही र टोली व्यवस्थापकमा अनन्ता खनाल तथा मेडिकलमा गिता पुन छन् ।
कोरियामा खेलकुद सम्बन्धी विभिन्नि कार्यक्रम आदान–प्रदान सम्बन्धमा सान र फाउन्डेसनबीच समझदारी पत्रमा हस्ताक्षर पनि हुने बताइएको छ । राखेपका सदस्य–सचिव केशवकुमार विष्ट र सानका कार्यकारी निर्देशक डा. प्रकाश प्रधानले बुधबार सातदोबाटोमा टोलीको विदाई गरे । टोली नोभेम्बर २४ मा स्वदेश फर्कनेछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]