default_image

8 years ago

November 16, 2016

काभ्या र संस्कृति अन्तरस्कुल फुटसलको सेमिफाइनलमा

132 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काभ्या र संस्कृति प्रथम एपेक्स लाइफ यु–१२ छात्र अन्तरस्कुल फुटसल प्रतियोगितामा बुधबार सेमिफाइनल पुगेका छन् । काभ्या समूह ‘बी’ को विजेता र संस्कृति सोही समूहको उपविजेताका रुपमा अन्तिम चारमा पुगेका हुन् ।

5

सरस्वतीनगरस्थित आयोजक एपेक्स लाइफ स्कुलमा भएको खेलमा काभ्याले बृहस्पति विद्या सदनलाई ६–३ गोलअन्तरले पराजित ग¥यो । काभ्याका दीपेश बुढाथोकीले ह्याट्रिक गरे भने प्ररे सिम्खडाले २ तथा दिवांक उप्रेतीले १ गोल गरे । बृहस्पतिका मनीष खड्का, साइरस खड्गी र सौविन्दज्या पण्डितले १–१ गोल गरे । संस्कृतिले आयोजक एपेक्सलाई ७–० गोलले हरायो । सातै गोल देभाम्स आचार्यले गरे ।
समूह ‘ए’ को लिग खेलमा प्यारागन र विद्या संस्कारले ३–३ गोलको बराबरी खेले । बराबरीसंगै गोलअन्तरका आधारमा प्यारागन समूह विजेता र विद्या संस्कार समूह उपविजेता बने । उक्त खेल अगावै दुवै टिम सेमिफाइनल पुगिसकेका थिए । सेमिफाइनलमा प्यारागनको भेट संस्कृतिसंग हुनेछ भने काभ्याले विद्या संस्कारसँग प्रतिस्पर्धा गर्नेछ ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.