default_image

3 years ago

November 15, 2021

धारा नेपालगन्ज म्याराथनका लागि सरोकारवालासँग छलफल

63 views

0 Bookmark

नेपालगञ्ज (हाम्रो खेलकुद) – यसै साता आयोजना हुने धारा सातौं नेपालगञ्ज म्याराथनको टीम र बाँकेका सुरक्षा प्रमुखहरुका बीचमा सोमबार सुरक्षा सम्बन्धमा छलफल भएको छ । आयोजक क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीले मंसीर ४ गते हुने म्याराथनलाई व्यवस्थित गराउने सवालमा सुरक्षा प्रमुखहरुसँग छलफल गरेको जानकारी दिए ।

नेपालगञ्जको वीपीचोकदेखि कौशिल्यानगरसम्म म्याराथन हुने गर्दछ । म्याराथन हुँदा सडक एकतर्फ बन्द गरिने बताएको छ । म्याराथन रुटमा ५० बढी ठाउँमा क्रसिङ रहेकाले त्यहाँ सुरक्षाकर्मी परिचालन गर्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्की, नेपाल प्रहरीका एसपी श्यामकृष्ण अधिकारी, सशस्त्र प्रहरीका एसपी अशोक बम, राष्ट्रिय अनुसन्धानका एसपी नरेन्द्र गिरी, जिल्ला ट्राफिक प्रमुख ऐनबहादुर मल्लको उपस्थितिमा भएको बैठकले म्याराथनलाई सुरक्षा निकायको तर्फबाट कुनै समस्या नआउने प्रतिबद्धता गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी खत्रीले सधैंजसरी यसपाली पनि म्याराथनमा सुरक्षा निकायबाट पूर्ण सहयोग रहने बताए । म्याराथन हुँदा ठाउँ–ठाउँमा वाटरप्वाइन्ट राखिन्छ । भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले नेपाली सेनाले एम्बुलेन्स र ठाउँ–ठाउँमा वाटरप्वाइन्ट राखिदिने बताए । म्याराथनको मिति नजिकिदै जादा तयारी तिब्र पारिएको छ । खेलाडीको इन्ट्रीदेखि भेन्यु व्यवस्थापन, विभिन्न व्यक्तित्व र निकायसँग समन्वयका काम भइरहेको बताएको छ ।

सुरक्षा अधिकारीसँगको छलफलमा आयोजक क्रियटिभ ह्याण्डसका अध्यक्ष ठकुरीले म्याराथनका विभिन्न पक्षका बारेमा प्रकाश पार्नु भएको थियो । छलफलमा रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङ, लुम्बिनी प्रदेशका खेलकुद सदस्य सचिव भीम वलीको उपस्थिति रहेको थियो । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले उद्घाटन गर्ने म्याराथनमा महानायक राजेश हमाल, विश्व साइकलयात्री पुष्कर शाहको उपस्थिति रहने भएको छ ।

सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादी र राज्यका बीचमा मंसीर ५ गते भएको विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष मंसीर पहिलो हप्ता नेपालगञ्ज म्याराथन हुँदै आएको छ । राष्ट्रिय मान्यता प्राप्त नेपालगञ्ज म्याराथनलाई अन्तर्राष्ट्रियस्तरको बनाउने कसरत भइरहेको छ । यसपालीको म्याराथनमा सात हजारलाई सहभागी गराउने आयोजकले बताएका छन् ।

नेपालगञ्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा नेपाली सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथोमा नेपाल प्रहरीका भूमिराज राई, पाँचौमा नेपाली सेनाका नवराज साउद र छैठौमा सशस्त्र प्रहरीका गोपीचन्द्र पार्की विजयी भएका थिए ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.