3 years ago
November 15, 2021
काठमाडौं (हाम्रो खेलकुद)– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघले अर्को साता खेल नीति सम्मेलन गर्ने भएको छ । खेलकुद नागरिकको मौलिक अधिकार सम्बृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार भन्ने मान्यताका साथ मंसिर ५ र ६ गते सम्मेलन हुने महासंघले जनाएको छ ।
पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्माले सम्मेलनको उद्घाटन गर्ने महासंघले पत्रकार सम्मेलनमार्फत सोमबार जानकारी दिएको छ ।राष्ट्र संघीय संरचनामा गईसकेको तर समग्र खेलक्षेत्रको नेतृत्व गर्ने राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति तथा स्थानीय पालिका खेलकुद विकास समितिका नीतिगत समस्याकै कारण सहकार्य हुन नसकेको महासंघको बुझाई छ ।
सम्मेलनमा संघियता अनुसारको ऐन, कानून र नियमावली निर्माण, खेलकुदको विविधिकरण र वर्गिकरणको आधार, खेलकुद र राजनीति अर्थात खेलनीति र राजनीतिको संयोजन तथा सहकार्य, विश्व खेलकुदमा आएको आधारमा देश भित्रको खेल रणीति तयार पार्ने विषयमा छलफल हुने बताएको छ । त्यस्तै खेल ईभेन्ट, मिडिया र ब्रान्डिङको स्किल, खेलकुदको सरोकारवालाहरु बिचमा सहकार्य, नीति कार्यक्रम र नेतृत्वमा एकरुपता, खेलकुद क्षेत्रलाई समृद्ध, संस्थागत, आधुनिक, व्यवस्थित र सम्मानित बनाउने आधारशिला, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडीहरुको अनुभूति र अनुभव शेयर तथा खेलाडी र समग्र खेलकर्मीहरुको अधिकार स्थापित गर्ने विषयमा सम्मेलनमा छलफल हुने बताएको छ ।
महासंघका अनुसार सम्मेलनमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी, राष्ट्रिय खेल संघका अध्यक्ष/महासचिव , नेपाल ओलम्पिक कमिटीका पदाधिकारी, राखेप तथा प्रदेश खेलकुद परिषदका पदाधिकारी तथा सदस्य ,विश्वविद्यालयका खेल अफिसियल, खेल विज्ञ, पत्रकार तथा प्रमोटर्स, जिल्ला/नगर खेलकुद विकास समितीका अध्यक्षहरुको सहभागिता रहनेछ ।
त्यस्तै पूर्व खेलकुद मन्त्री तथा राखेपका पूर्व सदस्य सचिव , विभिन्न राजनीतिक दलका खेलकुद संगठनका पदाधिकारी, आयोजक महासंघका केन्द्र, प्रदेश, जिल्लाका पदाधिकारीले पनि सम्मेलनमा भाग लिनेछन् । दुई दिने सम्मेलनका लागि १३ लाख ५० हजार रुपैयाँ खर्च हुने महासंघको अनुमान छ ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]