default_image

10 years ago

September 13, 2015

सहारा को अध्यक्षतामा आचार्य

156 views

0 Bookmark

पोखरा, २६ भदौ

१७ औं वार्षिकोत्सव एवं नवौं महाधिवेशनले आगामी दुई वर्षको लागि वीरभन्द्र आचार्य को अध्यक्षतामा १५ सदस्य नयाा कार्यसमिति चयन गरेको छ समितीको वरिष्ठ उपाध्यक्षका केशवहादुर थापा, उपाध्यक्षमा हरु मा हरिराम गुरुङ्ग ( सुरज), चित्रबहादुर पुन,मनकाजी क्षेत्री महासचीबमा केशब बराल,सचिबमा सुरेन्द्रबहादुर श्रेष्ठ, कोषाध्यक्षमा विश्वराज बराल, सह कोषाध्यक्षमा लिलबहादुर थापा ( सजय) सदस्यहरु मा विनु राना,रोजीना गुरुङ्ग,देवी रिमाल, नवराज अधिकारी, रबिन श्रेष्ठ,सोम जोसी रहेका छन । अध्यक्ष आचार्यको यो दोस्रो कार्यकाल हो ।

Birbhadra Acharya elected as a Sahara Club president
कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्मा र क्लवका अध्यक्ष विरभद्र आचार्यले ताम्रपत्र सहित दोसला, फुलमालाले सम्मान गरेका हुन । उक्त पुरस्कारको राषि ११ हजार १ सय ११ रुपैया रहेको छ । त्यस्तै सहारा उत्कृष्ट सदस्य पुरस्कार २०७२ बाट क्लबका सदस्य रेश्मा कार्कीलाई सम्मान भएकी छन । कार्यक्रममा नयाा जुनियर एवं सिनियर सदस्य परिचय पत्र, आजिवन सदस्य प्रमाण पत्र एवं सहारा क्लब पोखराको प्रगति र उन्नतिमा महत्वपुर्ण योगदन पुर्‍याउनु भएका सल्लाहकार प्रकाश शेरचनलाई मानार्थ सदस्यताको प्रमाण समेत वितरण गरिएको महासचिव केशब बहादुर थापाले गरेका थिए ।

कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्मा राज्यमा रहेको बर्गीय असमानतालाई तोड्न मनकारी तथा समाजसेविको आवश्यकता भएको बताउदै सहाराले खेलकुदसंगै सामाजिक क्षेत्रमा पुराएको योगदानको खुलेर प्रंशम्सा गरे । सहारा एकेडेमीको दुई खोलाको कटानबाट जोखिममा रहेकोले त्यसको संरक्षणको लागि आफ्नो व्यत्तिगत तथा संस्थागत रुपमा पहल गर्ने उनले वचन दिएका छन । निजि क्षेत्रबाट खेलकुदको लागि भएको प्रायासलाई सहज बनाउन सरकारले छुट्ट निति ल्याउने समेत तयारी भएको सचिव शर्माले बताए । उनले भने “सहारा क्लवको नाम त धेरै सुनेकै थियौं, धेरे राम्रो काम गर्नू भएको छ, यसमा वालीकाहरुलाई पनि एकेडेमीमा राख्ने व्याबस्था मिलाउने तयारी गर्नुहोला हामीले सक्दो सहयोग गर्ने छौं ।” हिमश्री फुड्स प्रालिका कार्यकारी निर्देशक सुर्य बहादुर केसीले सहाराले गरेको हरेक गतिविधिमा आफ्नो दिलो ज्यानले भ्याएसम्म सहयोग र साथ दिने वचन दिएका छन ।

क्लबका अध्यक्ष वीरभद्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल ह्याण्डवल संघका अध्यक्ष तेज बहादुर गुरुङ, पोखरा उद्योग बाणिज्य संघका कार्रवाहक अध्यक्ष प्रकाशदेव पालिखे, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष याम बहादुर गुरुङ, क्लवका संस्थापक अध्यक्ष वसन्त थकाली, सहारा खेलकुद पत्रकारीता पुरस्कार छनौट समितिका संयोजक नारायण कार्की लगायतले खेलकुदको बारेमा चर्चा गरेका थिए ।

सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७२ बाट कृष्णमणी बराल सम्मानित भएका छन । अन्नपुर्ण पोष्ट राष्ट्रिय दैनिकका फोटो पत्रकार बरालको अनुपस्थितीमा उनकी आमा नारायणी बराललाई क्लवले आफ्नो १७ औं वार्षिकोत्सव एवं नवौं महाधिवेशनको अवसरमा शनिबार सम्मान गरेको हो । बराल उपचारको लागि भारतको हैदरावाद गएका कारण उनको सम्मान आमाले ग्रहण गरेकी हुन ।

March 31, 2025

ताम्रकार फुटसलको सेमिफाइनल समिकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद) – ताम्रकार फुटसलको छैटौं संस्करणको सेमिफाइनल समीकरण पूरा भएको छ । सानेपा स्थित फिल्ड फूटसलमा विके सुनचाँदी पसल र ओरियन इलेक्ट्रिकल्स समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरे । विकेले पहिलो खेलम तिछु गल्लिसँग गोलरहित बराबरी खेलेको थियो । दोस्रो खेलमा मिलन ज्वेलर्सलाई १-० ले हरायो । त्यस्तै ओरियन पहिलो खेलमा उग्रचण्डीसँग गोलरहित […]

March 28, 2025

ताम्रकार फुटसलको छैटौं संस्करण हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – खेलकुदको माध्यमबाट समाजमा भाइचाराको अभिवृद्धि गर्न एवं समाजमा सकारात्मक परिवर्तनको उद्देश्यका साथ ताम्रकार समाजले विगत आठ वर्षदेखि गर्दै आइरहेको ताम्रकार फूटसल प्रतियोगिताको छैटौं संस्करण यसै साता हुने भएको छ । सानेपा स्थित फिल्ड फूटसलमा हुने प्रतियोगिता चैत्र १६ र २३ गते गरी दुई शनिबारको दिन चल्नेछ । ललितपुरका विभिन्न समाजका खेलाडी […]

March 15, 2025

क्रिजललाई महिला फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- क्रिजल एफसीले नवौं महिला फुटसलको उपाधि जितेको छ। वि युनाइटेडको आयोजना शनिवार भएको प्रतियोगिताको फाइनलमा बौद्ध अजिमा कम्युनिटीलाई २-० ले हराउँदै क्रिजल च्याम्पियन बनेको हो। क्रिजललाई जित दिलाउन रोशनी क्षेत्री र कुसुम खतिवडाले गोल गरिन्। सिम्बा खुकुरी प्रतियोगितामा तेस्रो भयो । रियल म्याड्रिड फ्यान क्लबलाई २-१ ले हराएर सिम्बाले तेस्रो स्थान प्राप्त […]

Success

Thank you for your time.