default_image

8 years ago

September 23, 2016

जेम्सलाई प्रथम होलीभिजन कप फुटसल उपाधि

257 views

0 Bookmark

जेमसले प्रथम होलीभिजन कप अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।

gems-school-futsal

ताहचल फुटसलमा भएको फाइनलमा जेम्सले रातो बंगलालाई अत्तिरिक्त समयमा ४–३ गोलले पराजित गर्‍यो  । जेम्सका लागि नितान्त श्रेष्ठले ह्याट्रिक गरे भने विशम पुनले १ गोल गरे । रातो बंगलाबाट अभिनव, शान्ति दूत र अनुप ग्रहले १–१ गोल फर्काए ।

निर्धारित समयको खेल ३–३ को बराबरीमा टुंगिएको थियो ।

होलीभिजन स्कुलद्वारा आयोजित प्रतियोगिताको शुक्रबारै भएको सेमिफाइनलमा रातो बंगलाले रिब्सलाई ६–४ तथा जेम्सले द एक्सेल्सियर स्कुललाई ३–१ ले हराउदै फाइनल यात्रा तय गरेका थिए ।

जेम्सका नितान्त श्रेष्ठ उत्कृष्ट खेलाडी तथा ग्रिनफिल्डका जेनिश महर्जन उत्कृष्ट गोलरक्षक घोषित भए । प्रतियोगिताभर १२ गोल गरेका एक्सेल्सियरका धीरज जोशी सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । रिब्सले अनुशासित टिमको उपाधि हात पार्यो  ।

विजेतालाई सांसद् ध्यानगोविन्द रन्जित, होलीभिजनका संस्थकपक प्रिन्सिपल नारायण शर्मा गजुरेल, निर्देशक पदमदास सिंह र प्रिन्सिपल नन्दलाल सुवेदीले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा १४ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

February 7, 2025

अर्जुन मेमोरियल फुटसल हुने

काठमाडौं(हाम्रो खेलकुद) – अर्जुन मेमोरियल यु १२ फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । टिपटो स्पोट्स एकेडेमीको आयोजनामा शनिवार हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जी फोर फुटसल तारकेश्वर ११ मा फुटसल प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगिता लिग कम नक आउटका आधारमा संचालन हुनेछ । प्रतियोगिताको फाइनल सहितको १९ खेल शनिबारै हुने आयोजकले जनाएको […]

January 23, 2025

रिपोर्टर राइनोज एनएसजेएफ कप च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हरेक हुँदै आएको एनएसजेएफ कप फुटसल प्रतियोगिताको तेस्रो संस्करणमा रिपोर्टर राइनोज च्याम्पियन भएको छ । नखिपोटस्थिट फुटसल भिजेलमा बिहीवार भएको फाइनलमा रिपोर्टर राइनोजले हेडलाइन हुरिकेन्सलाई ४–० ले पराजित गर्दै उपाधि जितेको थियो । सबै गोल टिमका मार्की अभिनव जोशीले गरे । ४ टोलीको प्रतिस्पर्धी एनएसजेएफ कपमा रिपोर्टर, […]

January 6, 2025

अन्तिम विकल्पलाई जिजिआर मेमोरियल फुटसलको उपाधि

हिमाल खरेल, बिर्तामोड बिर्तामोडको अन्तिम विकल्प फुटसलले झापाको मेचीनगर-१० स्थित धाइजनमा आयोजित प्रथम जिजिआर मेमोरियल खुला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । अन्तिम विकल्पले फाइनलमा आयोजक रेड स्टार फुटसल क्लबलाई ४-२ ले पराजित गर्दै उपाधि रक्षा गरेको हो । अन्तिम विकल्पका लागि विक्रम तामाङ र एरोन मगरले समान २ गोल गरे । एरोन प्लेयर अफ […]

Success

Thank you for your time.