default_image

5 years ago

June 1, 2020

फुटसल बचाउन जिदानको आवाज

191 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक तथा फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान जिनेदिन जिदानले कोरोनाबाट प्रभावित भएको फुटसल क्षेत्र बचाउको लागि आवाज उठाएका छन् ।

जिदानले फ्रान्समा रहेका झन्डै २ सय ५० फुटसल सेन्टरहरुको आवाज बुलन्द पार्न अगाडी सारिएको कदममा आफ्नो पनि साथ रहने बताएका छन् कोरोनाका कारण लामो समयदेखि बन्द गरिएको फुटसल अब खोल्नुपर्ने, र त्यसो सम्भव नभएका विकल्प खोज्नुपर्ने उनको भनाइ छ फुटसल सामाजिक दुरी राखेर खेल्न सकिन्छ भने सुचारु गर्ने र त्यसो गर्न सकिन्न भने अन्य प्रायोजनका लागि भएपनि खोल्नुपर्ने उनको भनाइ छ

‘मैले सानो उमेरमा सडकमा खेलेर हुर्किएको हुँ मैले खेलबारे थाहा नहुँदा पनि रमाइलोका लागि खेल्ने गर्दथें मैले एक आपसमा भाइचारा बढाउन र खेलेर खुसी साट्न मैदान प्रवेश गर्थें, ‘ जिदानले जोर्नल दे दिमान्सलाई बताए

‘हामीले फुटसललाई यस्तो कठिन अवस्थामा सहयोग गर्नुपर्छ फुटसल धेरैका लागि फुटबल सिक्ने आधार बनेको छ फुटबलका प्राविधिक पक्षमा बलियो पार्न यसले भुमिका खेलेको छ मैले अहिले आएर यसले हामीलाई कति सहयोग गरेको छ भन्ने महसुस गर्दैछु,’ रियलका प्रशिक्षकले थपे

जिदानले फुटसलको लागि पहिलो पटक कदम चालेका भने हैनन् उनले यसअघि पनि विभिन्न च्यारिटी खेलमा उपस्थिति जनाएका छन् । जिदान आफैंले पनि फ्रान्समा ‘जेड५’ नामका दुई प्रशिक्षण केन्द्र खोलेका छन् ।

फुटसलको समर्थनमा फ्रान्सेली टोलीका डिफेन्डर बेन्जामिन मेन्डी, फरवार्ड विसाम बेन येडर, मिडफिल्डर अलु डियारा तथा पूर्व खेलाडी रोबर्ट पिरेस लगायतले पनि आवाज उठाएका छन्

February 7, 2025

अर्जुन मेमोरियल फुटसल हुने

काठमाडौं(हाम्रो खेलकुद) – अर्जुन मेमोरियल यु १२ फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । टिपटो स्पोट्स एकेडेमीको आयोजनामा शनिवार हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जी फोर फुटसल तारकेश्वर ११ मा फुटसल प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगिता लिग कम नक आउटका आधारमा संचालन हुनेछ । प्रतियोगिताको फाइनल सहितको १९ खेल शनिबारै हुने आयोजकले जनाएको […]

January 23, 2025

रिपोर्टर राइनोज एनएसजेएफ कप च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हरेक हुँदै आएको एनएसजेएफ कप फुटसल प्रतियोगिताको तेस्रो संस्करणमा रिपोर्टर राइनोज च्याम्पियन भएको छ । नखिपोटस्थिट फुटसल भिजेलमा बिहीवार भएको फाइनलमा रिपोर्टर राइनोजले हेडलाइन हुरिकेन्सलाई ४–० ले पराजित गर्दै उपाधि जितेको थियो । सबै गोल टिमका मार्की अभिनव जोशीले गरे । ४ टोलीको प्रतिस्पर्धी एनएसजेएफ कपमा रिपोर्टर, […]

January 6, 2025

अन्तिम विकल्पलाई जिजिआर मेमोरियल फुटसलको उपाधि

हिमाल खरेल, बिर्तामोड बिर्तामोडको अन्तिम विकल्प फुटसलले झापाको मेचीनगर-१० स्थित धाइजनमा आयोजित प्रथम जिजिआर मेमोरियल खुला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । अन्तिम विकल्पले फाइनलमा आयोजक रेड स्टार फुटसल क्लबलाई ४-२ ले पराजित गर्दै उपाधि रक्षा गरेको हो । अन्तिम विकल्पका लागि विक्रम तामाङ र एरोन मगरले समान २ गोल गरे । एरोन प्लेयर अफ […]

Success

Thank you for your time.