9 years ago
July 9, 2016
काठमाडौं, असार २५ – स्व. पत्रकार सूर्यकुमार क्षेत्री प्रथम राष्ट्रिय अन्तर मिडिया कप २०७३ प्रतियोगिता हुने भएको छ। गोलपोष्ट स्पोट्र्स एण्ड ट्रेनिङ सेन्टर भैंसेपाटीले शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगिता आयोजना तयारीबारे जानकारी दिएको हो।
सेन्टरका प्रबन्ध निर्देशक केशव थापाका अनुसार प्रतियोगिता साउन १० देखि फुटसल मैदान भैंसेपाटीमा हुने छ। पत्रकार क्षेत्रीका छोराको पढाइका लागि सहयोगार्थ प्रतियोगिता आयोजना गरिएको थापाले बताए।
‘खेल क्षेत्रको विकाससँगै पत्रकार क्षेत्रीका छोराको उज्जवल भविष्यका लागि थोरै भए पनि सहयोग हुन्छ भनेर प्रतियोगिता आयोजना गर्न लागिएको हो,’ थापाले पत्रकार सम्मेलनमा भने।
प्रतियोगितामा प्रथम हुने टिमले २५ हजार, दोस्रो हुनेले १५ र तेस्रो हुने टिमले १० हजार रुपैयाँ नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।
प्रतियोगितामा समावेश हुने टिमले दुई हजार प्रवेश शुल्क तिर्नुपर्ने थापाले बताए। प्रवेश फारम खुलिसकेको बताउँदै थापाले खेलकुद पत्रकार मञ्चको त्रिपुरेश्वरस्थित कार्यालय र गोलपोष्टको कार्यालय भैंसेपाटीमा पाइने बताए। प्रतियोगिता आगामी साउन १० देखि १२ गतेसम्म चल्नेछ।
नेपाल प्रेस युनियनका सचिव पत्रकार क्षेत्रीको दुई महिनाअघि ब्रेन ट्युमरका कारण निधन भएको थियो।
February 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अर्जुन मेमोरियल यु १२ फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । टिपटो स्पोट्स एकेडेमीको आयोजनामा शनिवार हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जी फोर फुटसल तारकेश्वर ११ मा फुटसल प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगिता लिग कम नक आउटका आधारमा संचालन हुनेछ । प्रतियोगिताको फाइनल सहितको १९ खेल शनिबारै हुने आयोजकले जनाएको […]
January 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हरेक हुँदै आएको एनएसजेएफ कप फुटसल प्रतियोगिताको तेस्रो संस्करणमा रिपोर्टर राइनोज च्याम्पियन भएको छ । नखिपोटस्थिट फुटसल भिजेलमा बिहीवार भएको फाइनलमा रिपोर्टर राइनोजले हेडलाइन हुरिकेन्सलाई ४–० ले पराजित गर्दै उपाधि जितेको थियो । सबै गोल टिमका मार्की अभिनव जोशीले गरे । ४ टोलीको प्रतिस्पर्धी एनएसजेएफ कपमा रिपोर्टर, […]
January 6, 2025
हिमाल खरेल, बिर्तामोड बिर्तामोडको अन्तिम विकल्प फुटसलले झापाको मेचीनगर-१० स्थित धाइजनमा आयोजित प्रथम जिजिआर मेमोरियल खुला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । अन्तिम विकल्पले फाइनलमा आयोजक रेड स्टार फुटसल क्लबलाई ४-२ ले पराजित गर्दै उपाधि रक्षा गरेको हो । अन्तिम विकल्पका लागि विक्रम तामाङ र एरोन मगरले समान २ गोल गरे । एरोन प्लेयर अफ […]