5 years ago
January 26, 2020
काठमाडौं (हाम्रो खेलकुद)- कुमारी फुटसलले तेस्रो महिला प्रिमियर फुटसल लिगमा अपराजित यात्रालाई निरन्तरता दिदा ढुकु फुटसलले तेस्रो राउन्डमा फराकिलो जित दर्ता गरेको छ । मण्डिखाटारस्थित ग्रासरुट रिक्रिएसन सेन्टर भएको तेस्रो संस्करणको महिला प्रिमियर लिग फुटसल अन्तरगत दोस्रो साताको खेलमा कुमारी फुटसलले बार्सा नेपाललाई ३–२ ले पराजित गरेको हो ।
कुमारी फुटसल लिगमा अपराजित एक्लो टोली हो । ढुकुले दि माइथी महिलाजलाई १५–२ को भारी अन्तरले पराजित गरेको हो । ढुकुको फराकिलो जितमा पेमा छोदेन एक्लैले ५ गोल गरिन् । यस्तै फुटसल एरिनाले लाखुर फुटसललाई ३–१, तथा एबिसीले एमयुएफसी नेपाली गल्सलाई ४–२ ले स्तब्ध पारे ।
लिगको तेस्रो राउन्डको खेल सकिदा अपराजित रहेको कुमारीले ३ खेलबाट ९ अंक जोड्दै शीर्षस्थानमा रहेको छ । ढुकु ७ अंक जोडेर दोस्रो स्थानमा छ । लाखुर, फुटसल एरिना र एबीसीको पनि समान ७ अंक छ । एमयुएफसी र बार्सा नेपालको समान ५ अंक छ । दि माइथी महिलाज् ३ अंक जोडेर पुछारमा छ ।
युरोपियन युनियनको मुख्य प्रायोजनमा ६ सातासम्म सञ्चालन हुने प्रतियोगिता हरेक साताको शनिबार मात्र खेल हुनेछ । महिलाहरूलाई खेलमा सक्रियता बढाउने उद्देश्यका साथ सञ्चालन गरिएको हो । ८ टोलीको सहभागिता रहेको प्रतियोगिताका विजेतालाई प्रायोजकले नेपालमा नै उत्पादन भएका सामग्री पुरस्कार प्रदान गर्नेछ ।
February 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अर्जुन मेमोरियल यु १२ फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । टिपटो स्पोट्स एकेडेमीको आयोजनामा शनिवार हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जी फोर फुटसल तारकेश्वर ११ मा फुटसल प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगिता लिग कम नक आउटका आधारमा संचालन हुनेछ । प्रतियोगिताको फाइनल सहितको १९ खेल शनिबारै हुने आयोजकले जनाएको […]
January 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हरेक हुँदै आएको एनएसजेएफ कप फुटसल प्रतियोगिताको तेस्रो संस्करणमा रिपोर्टर राइनोज च्याम्पियन भएको छ । नखिपोटस्थिट फुटसल भिजेलमा बिहीवार भएको फाइनलमा रिपोर्टर राइनोजले हेडलाइन हुरिकेन्सलाई ४–० ले पराजित गर्दै उपाधि जितेको थियो । सबै गोल टिमका मार्की अभिनव जोशीले गरे । ४ टोलीको प्रतिस्पर्धी एनएसजेएफ कपमा रिपोर्टर, […]
January 6, 2025
हिमाल खरेल, बिर्तामोड बिर्तामोडको अन्तिम विकल्प फुटसलले झापाको मेचीनगर-१० स्थित धाइजनमा आयोजित प्रथम जिजिआर मेमोरियल खुला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । अन्तिम विकल्पले फाइनलमा आयोजक रेड स्टार फुटसल क्लबलाई ४-२ ले पराजित गर्दै उपाधि रक्षा गरेको हो । अन्तिम विकल्पका लागि विक्रम तामाङ र एरोन मगरले समान २ गोल गरे । एरोन प्लेयर अफ […]