default_image

5 years ago

October 25, 2019

एएफसी फुटसल छनोटमा नेपाल जित विहिन

126 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटसल टोली एएफसी फुटसल च्याम्पियनसिप छनोटमा जित विहिन भएर फर्केने भएको छ । मध्य र तथा दक्षिण एसियाली छनोटको समूह ए मा रहेको नेपाल शुक्रबार अफ्गानिस्तानसँग ६–२ ले पराजित हुँदै घर फर्कन लागेको छ । नेपाल अघिल्ला दुई खेलमा ताजकिस्तान र उज्वेकिस्तानसँग पराजित भएको थियो ।

३ खेलमा नेपालले १६ गोल खायो भने ३ गोल फर्कायो । शुक्रबार मोहसेन रेजायीको गोलबाट अफ्गानिस्तानले दोस्रो मिनेटमा अग्रता लिएको थियो । छैटौं मिनेटमा आदिल हामिदले गोल गर्दै खेल बराबरिमा ल्याए। १२औं मिनेटमा सेयेद होसेइन मौसभिले गोल गरेपछि अफगानिस्तानले पुनः अग्रता लिएको थियो ।

नेपालका लागि १६ औं मिनेटमा मणी लामाले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए। १७ औं मिनेटमा अफ्गानिस्तानका अक्बर काजेमीले गोल अफगानिस्तानले तेस्रो पटक अग्रता लियो । अफगानिस्तानका लागि मेहदी हशेमी २७ औं फर्जाद महमोदीले ३६ औं र खेलको अन्तिम मिनेटमा सेयेद होसेइन मौसभिले गोल गरेपछि अफगानिस्तानले फराकिलो जित दर्ता गर्यो ।

छनोटमा नेपालको यो लगातार तेस्रो हार हो । ताजिकिस्तानसँग ६-० ले पराजित भएको नेपाल अर्को खेलमा उज्वेकिस्तानसँग खेल ४-१ ले गुमाएको थियो । अर्को वर्ष तुर्केमिनिस्तानमा हुने एएफसी फुटसल च्याम्पियनसिपका लागि नेपाल सम्मीलित समूह ए बाट उज्वेकिस्तान र ताजिकिस्तान छनोट भएका छन् ।

February 7, 2025

अर्जुन मेमोरियल फुटसल हुने

काठमाडौं(हाम्रो खेलकुद) – अर्जुन मेमोरियल यु १२ फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । टिपटो स्पोट्स एकेडेमीको आयोजनामा शनिवार हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जी फोर फुटसल तारकेश्वर ११ मा फुटसल प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगिता लिग कम नक आउटका आधारमा संचालन हुनेछ । प्रतियोगिताको फाइनल सहितको १९ खेल शनिबारै हुने आयोजकले जनाएको […]

January 23, 2025

रिपोर्टर राइनोज एनएसजेएफ कप च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हरेक हुँदै आएको एनएसजेएफ कप फुटसल प्रतियोगिताको तेस्रो संस्करणमा रिपोर्टर राइनोज च्याम्पियन भएको छ । नखिपोटस्थिट फुटसल भिजेलमा बिहीवार भएको फाइनलमा रिपोर्टर राइनोजले हेडलाइन हुरिकेन्सलाई ४–० ले पराजित गर्दै उपाधि जितेको थियो । सबै गोल टिमका मार्की अभिनव जोशीले गरे । ४ टोलीको प्रतिस्पर्धी एनएसजेएफ कपमा रिपोर्टर, […]

January 6, 2025

अन्तिम विकल्पलाई जिजिआर मेमोरियल फुटसलको उपाधि

हिमाल खरेल, बिर्तामोड बिर्तामोडको अन्तिम विकल्प फुटसलले झापाको मेचीनगर-१० स्थित धाइजनमा आयोजित प्रथम जिजिआर मेमोरियल खुला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । अन्तिम विकल्पले फाइनलमा आयोजक रेड स्टार फुटसल क्लबलाई ४-२ ले पराजित गर्दै उपाधि रक्षा गरेको हो । अन्तिम विकल्पका लागि विक्रम तामाङ र एरोन मगरले समान २ गोल गरे । एरोन प्लेयर अफ […]

Success

Thank you for your time.