5 years ago
October 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – इरानमा जारी एएफसी फुटसल च्याम्पियनसिप छनोटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । इरानको उर्मियामा बिहीबार भएको खेलमा नेपाली टोली उज्वेकिस्तानसँग ४–१ ले पराजित भएको थियो ।
नेपालका लागि मणीकुमार लामाले गोल गरेका थिए । च्याम्पियनसिपमा त्यो नेपालको पहिलो गोल हो । उज्वेकिस्तानको जितमा हुनिदिन निशोनोभले २ , अक्बर उसमोनोभ र मार्सब एडिलोभले समान १ गोल गरेका थिए । समूह चरणको अन्तिम खेल अघि नै नेपाली टोलीको अघिल्लो चरण पुग्ने सम्भावना टुंगिएको छ ।
पहिलो खेलमा नेपाली टोली ताजकिस्तानसँग ६–० ले पराजित भएको थियो । नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार अफगानिस्तानको सामना गर्नेछ । शुक्रबार नै समूह विजेताका लागि उज्वेकिस्तान र ताजकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । समूहको शीर्ष टोली सिधै फाइनल चरणमा पुग्नेछ ।
February 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अर्जुन मेमोरियल यु १२ फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । टिपटो स्पोट्स एकेडेमीको आयोजनामा शनिवार हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जी फोर फुटसल तारकेश्वर ११ मा फुटसल प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगिता लिग कम नक आउटका आधारमा संचालन हुनेछ । प्रतियोगिताको फाइनल सहितको १९ खेल शनिबारै हुने आयोजकले जनाएको […]
January 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हरेक हुँदै आएको एनएसजेएफ कप फुटसल प्रतियोगिताको तेस्रो संस्करणमा रिपोर्टर राइनोज च्याम्पियन भएको छ । नखिपोटस्थिट फुटसल भिजेलमा बिहीवार भएको फाइनलमा रिपोर्टर राइनोजले हेडलाइन हुरिकेन्सलाई ४–० ले पराजित गर्दै उपाधि जितेको थियो । सबै गोल टिमका मार्की अभिनव जोशीले गरे । ४ टोलीको प्रतिस्पर्धी एनएसजेएफ कपमा रिपोर्टर, […]
January 6, 2025
हिमाल खरेल, बिर्तामोड बिर्तामोडको अन्तिम विकल्प फुटसलले झापाको मेचीनगर-१० स्थित धाइजनमा आयोजित प्रथम जिजिआर मेमोरियल खुला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । अन्तिम विकल्पले फाइनलमा आयोजक रेड स्टार फुटसल क्लबलाई ४-२ ले पराजित गर्दै उपाधि रक्षा गरेको हो । अन्तिम विकल्पका लागि विक्रम तामाङ र एरोन मगरले समान २ गोल गरे । एरोन प्लेयर अफ […]