5 years ago
October 23, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टोली एएफसी फुटसल च्याम्पियनसिप छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा बुधबार ताजकिस्तानसँग ६–० को फराकिलो अन्तरमा पराजित भएको छ । नेपालले पहिलो र दोस्रो हाफमा समान ३ गोल खाएको थियो ।
नेपाली टोलीका सह प्रशिक्षक गौरव बस्नेतले खेलाडीको प्रदर्शनमा सन्तुष्टी व्यक्त गरे । ‘हामिले अन्तराष्ट्रिय फुटसल खेल्न थालेको दुई वर्ष मात्र भएको छ । पछिल्लो नतिजासँग यो नतिजालाई दाज्ने हो भने आएको मन्नु पर्छ,’ उनले भने, ‘ताजिकिस्तानसँग हामिले धेरै सिक्ने मौका पायौ । आउने खेलका लागि कमजोरी सुुधार्न सक्नेछौं ।’ नेपालले बिहीबार उज्वेकिस्तानको सामना गर्नेछ ।
February 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अर्जुन मेमोरियल यु १२ फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । टिपटो स्पोट्स एकेडेमीको आयोजनामा शनिवार हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जी फोर फुटसल तारकेश्वर ११ मा फुटसल प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगिता लिग कम नक आउटका आधारमा संचालन हुनेछ । प्रतियोगिताको फाइनल सहितको १९ खेल शनिबारै हुने आयोजकले जनाएको […]
January 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हरेक हुँदै आएको एनएसजेएफ कप फुटसल प्रतियोगिताको तेस्रो संस्करणमा रिपोर्टर राइनोज च्याम्पियन भएको छ । नखिपोटस्थिट फुटसल भिजेलमा बिहीवार भएको फाइनलमा रिपोर्टर राइनोजले हेडलाइन हुरिकेन्सलाई ४–० ले पराजित गर्दै उपाधि जितेको थियो । सबै गोल टिमका मार्की अभिनव जोशीले गरे । ४ टोलीको प्रतिस्पर्धी एनएसजेएफ कपमा रिपोर्टर, […]
January 6, 2025
हिमाल खरेल, बिर्तामोड बिर्तामोडको अन्तिम विकल्प फुटसलले झापाको मेचीनगर-१० स्थित धाइजनमा आयोजित प्रथम जिजिआर मेमोरियल खुला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । अन्तिम विकल्पले फाइनलमा आयोजक रेड स्टार फुटसल क्लबलाई ४-२ ले पराजित गर्दै उपाधि रक्षा गरेको हो । अन्तिम विकल्पका लागि विक्रम तामाङ र एरोन मगरले समान २ गोल गरे । एरोन प्लेयर अफ […]