5 years ago
September 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – द ब्रिटीस कलेज चौथो ताम्रकार फूटसल प्रतियोगिताका २०१९ को सेमिफाइनल समिकरण पूरा भएको छ । पहिलो चरणको खेलमा करुणामय मेटल क्राफ्ट,वि.के. सुन चाँदी पसल,टेकम्याकस टाइगर र भैरवनाथ आईरण इण्डष्ट्रीले सेमिफाइनलमा स्थान बनाएका हुन् ।
सानेपास्थित फिल्ड फुटसलमा भएको प्रतियोगिताको उद्घाटन ब्रिटिस कलेजका प्रिन्सिपल जोए फोस्टर एलिस र ताम्रकार समाजका अध्यक्ष रविन्द्रराज ताम्रकारले गरेका थिए । पहिलो चरणको पहिलो खेलमा ताम्र मेटल वर्क र टेक म्याक्स सलुसन १-१ को बराबरी खेलेका थिए । दोस्रो खेलमा दिल ह्याण्डीक्राफ्ट करुणामय मेटल क्राफ्टसँग २-० गोल अन्तरले पराजित हुन पुग्यो । तेस्रो खेलमा बि.के सुन चाँदी पसले जेन्ज ग्यारेजलाई २-० को अन्तरले पराजित गर्यो ।
त्यस्तै भैरवनाथ आईरण इण्डष्ट्री र ओरियन इलेक्ट्रिकल २-२ को बराबरी खेलेका थिए । टेकम्याकसले दिल ह्याण्डीक्राफ्टलाई २-० ले पराजित गर्यो । ताम्र मेटल करुणमयसँग १-० ले पराजित हुन पुग्यो । वि.के सुन चाँदी पसलले ओरियन इलेक्ट्रिकल १-० ले पराजित गर्यो । जेन्ज भैरवनाथसँग १-० गोल अन्तरले पराजित भयो । टेक र करुणामय गोलरहित बराबर खेले ।
दिलले ताम्रलाई ८-२ गोल अन्तरले पराजित गरेको थियो । भैरभनाथले बि के सुन चादी पसललाई ३-१ गोल अन्तरले पराजित गर्यो । समुह चरणको अन्तिम खेलमा जेन्ज र ओरियन २-२ को बराबरीमा सकियो । समूह ए बाट करुणामय ७ अंकसहितसमूह विजेता र टेक्नो म्याक्स ५ नाक जोड्दै उपविजेताको रुपमा सेमिफाइनलमा पुग्यो । समूह बी मा २ जित र १ बराबरीसहित ७ अंक जोडेको भैरवनाथ समूह विजेता र २ जितसहित ६ अंक जोडेको बीके सुन चाँदी उपविजेता बनेको हो ।
दोस्रो चरणको खेल शनिबार हुनेछ । शनिबार ४ यू-१४ टोलीहरुको विशेष खेलका साथै महिलाहरु सम्मिलित मैत्रीपूर्ण खेल पनि हुनेछ । त्यसपछि प्रायोजक ब्रितिसी कलेज र आयोजक तथा भेट्रान्स टोलीबीच पनि मैत्रीपूर्ण खेलको कार्यक्रम रहेको छ ।
प्रतियोगिताको विजेता र उप विजेताले आकर्षक ट्रफी र मेडलको साथै नगद पुरस्कार पाउने आयोजक ताम्रकार समाजले जनाएको छ । प्रतियोगिताको अनुमानित खर्च साढे चार लाख रुपैयाँ रहेको छ । जसको १ लाख ६० हजार मुख्य प्रायोजक द ब्रिटीस कलेजले प्रदान गर्नेछ ।
February 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अर्जुन मेमोरियल यु १२ फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । टिपटो स्पोट्स एकेडेमीको आयोजनामा शनिवार हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जी फोर फुटसल तारकेश्वर ११ मा फुटसल प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगिता लिग कम नक आउटका आधारमा संचालन हुनेछ । प्रतियोगिताको फाइनल सहितको १९ खेल शनिबारै हुने आयोजकले जनाएको […]
January 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हरेक हुँदै आएको एनएसजेएफ कप फुटसल प्रतियोगिताको तेस्रो संस्करणमा रिपोर्टर राइनोज च्याम्पियन भएको छ । नखिपोटस्थिट फुटसल भिजेलमा बिहीवार भएको फाइनलमा रिपोर्टर राइनोजले हेडलाइन हुरिकेन्सलाई ४–० ले पराजित गर्दै उपाधि जितेको थियो । सबै गोल टिमका मार्की अभिनव जोशीले गरे । ४ टोलीको प्रतिस्पर्धी एनएसजेएफ कपमा रिपोर्टर, […]
January 6, 2025
हिमाल खरेल, बिर्तामोड बिर्तामोडको अन्तिम विकल्प फुटसलले झापाको मेचीनगर-१० स्थित धाइजनमा आयोजित प्रथम जिजिआर मेमोरियल खुला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । अन्तिम विकल्पले फाइनलमा आयोजक रेड स्टार फुटसल क्लबलाई ४-२ ले पराजित गर्दै उपाधि रक्षा गरेको हो । अन्तिम विकल्पका लागि विक्रम तामाङ र एरोन मगरले समान २ गोल गरे । एरोन प्लेयर अफ […]