6 years ago
August 20, 2019
सुबास हुमागाईं, काठमाडौं
अखिल नेपाल फुटबल संघ अन्तर्गतको फुटसल समितिले यसै साता मात्र विष्णु गुरुङलाई राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो । तर यस नियुक्तिबारे असन्तुष्टि व्यक्त गर्दै फुटसल टोलीको छनोट समितिका सदस्य समेत रहेका ९ प्रशिक्षकले गुरुङको नियुक्तिको विरोध गरेका छन् ।
यसअघि राष्ट्रिय फुटसल टोलीको सहायक प्रशिक्षक रहिसकेका विष्णुलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएपछि अन्य प्रशिक्षकहरुले असन्तुष्टि व्यक्त गर्दै प्रेस विज्ञप्ति जारि गरेका हुन् । विज्ञप्ति जारी गर्ने प्रशिक्षकमा राष्ट्रिय फुटसल टोलीका पूर्व प्रशिक्षक राकेश श्रेष्ठ, राजेश शाही, सरोज थापा, नरेश श्रेष्ठ, दीपक भुषाल, चेतन घिमिरे, विक्रम महर्जन, पुरुषोत्तम थापा र चक्र तामाङ रहेका छन् । जारि गरिएको विज्ञप्ति अनुसार कम अनुभव बोकेको र हाल पनि फुटबल खेलिरहेका विष्णुलाई प्रशिक्षक नियुक्त गर्नुको कारण एन्फाले सार्वजनिक गर्नुपर्ने माग राखिएको छ ।
यसबाहेक प्रशिक्षकहरुले संकटाका पूर्व खेलाडी समेत रहेका विष्णुलाई महासचिव इन्द्रमान तुलाधरले नियतवश नियुक्त गरेको आरोप लगाएका छन् । यसैगरी छनोट समितिमा फुटसल सम्बन्धि प्रमाणपत्र नभएका प्रशिक्षकलाई सामेल गरेकोमा पनि विरोध जनाएका छन् । प्रशिक्षकहरुले आफूहरुसँग छलफल नगरी प्रशिक्षक नियुक्ति गरेकोमा अपमानित महसुस गरेको बताएका छन् ।
फुटसल समितिका संयोजक दावा लामाले योग्य र क्षमतावान व्यक्तिलाई नै प्रशिक्षकको जिम्मेवारी दिएको प्रष्ट पारे । ‘विष्णु नै योग्य र क्षमतावान प्रशिक्षक थिए । हामीले छनोट प्रक्रिया दौरान पनि सबै प्रशिक्षकको क्षमता मापन गर्यौं । यसअघिका फुटसल गतिविधि र प्रशिक्षक प्रशिक्षणको प्रदर्शनलाई पनि हामीले ध्यानमा राखेका छौं । विष्णु नै उचित विकल्प देखेर हामीले उनलाई जिम्मेवारी दिएका हौँ ,’ उनले भने ।
संयोजक लामाका अनुसार खेलाडी छनोटका दौरान विदेश रहेर अनुपस्थित रहने प्रशिक्षकले पनि विज्ञप्ति जारी गरेको आश्चर्य व्यक्त गरे । ‘ हामीले छनोट प्रक्रियामा गैर नै निष्पक्ष छनोट गरेका हौँ । केहि प्रशिक्षक विदेशमा रहेर पनि यहाँको छनोट बारे प्रतिक्रिया दिएको पाइयो । हामीले फुटसल विकासका लागि निकै मिहिनेत गरेका छौँ । योग्य र क्षमतावान प्रशिक्षक र खेलाडी छनोट गरेर देशको प्रतिनिधित्व गर्न हामी आएका हौं । हामीलाई वर्तमान अवस्थामा उत्कृष्ट रहेका व्यक्तिहरुको खाँचो थियो र त्यसैअनुसार काम गरेका हौं,’ उनले थपे ।
संयोजक लामाका अनुसार प्रशिक्षक नियुक्तिमा प्रशिक्षक संघका अध्यक्ष विनोद लामा लगायतसँग पनि परामर्श लिइएको थियो । फुटसल समितिले फुटसल गतिविधि नजिकबाट नियाल्दै आएकोमा हाल यू-२३ फुटबल टोलीमा रहेका राष्ट्रिय फुटसल खेलाडीलाई खुला छनोटमा उपस्थित नभएपनि टोलीमा समावेश गरिएको प्रष्ट पारे । प्रशिक्षकहरुको विज्ञप्तिमा यो नाम आफूखुसी थपिएको भन्ने आरोप रहेको थियो ।
प्रशिक्षक गुरुङले केहि महिना अघि मात्र खेलाडी करिअरलाई बिट मार्दै पूर्ण प्रशिक्षकको रुपमा अगाडी बढेको बताएका थिए । खेलाडी जीवनमा पनि प्रशिक्षकको भूमिकामा रहेका उनले यसअघि थ्री स्टारको यू-१८ टोली, आरसी ३२ क्लब, बनेपा ब्वाइज क्लब, लगायत मोफसलका अन्य क्लबमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरेका छन् । उनी एएफसी फुटसल च्याम्पियनसिपको पछिल्लो संस्करणमा राष्ट्रिय टोलीको सहायक प्रशिक्षक पनि रहेका थिए । पोखरामा रहेर पनि गुरुङले सहारा एकेडेमीको प्रशिक्षक तथा अन्य फुटसलमा साताव्यापी प्रशिक्षण कार्यक्रम संचालन गर्दै आएका छन् ।
एन्फाका महासचिव तुलाधरले एन्फासँग आबद्ध रहेका प्रशिक्षकले एन्फाको विरोधमा जारि गरिएको विज्ञप्तिप्रति ध्यानाकर्षण रहेको भन्दै आवश्यक अनुशासन कारवाही गरिने बताए । ‘हामीले योग्य उम्मेदवारलाई जिम्मेवारी दिएका छौं । कसैलाई नियुक्तिमा असन्तुष्टि भएमा हाम्रो समस्या होइन । तर एन्फामै आबद्ध प्रशिक्षक यसरी विरोध गर्दै हिड्नु उचित होइन । हामीले यसबारे विस्तृत विवरण लिएर गल्ति भएको खण्डमा अनुशासनको कारवाही गर्नेछौं,’ तुलाधरले भने ।
साउन २७ देखि ३१ सम्म भएको खुला छनोटबाट फुटसलमा लेभल वान कोचिङ गरेका ११ प्रशिक्षकले प्रारम्भिक टोलीका लागि खेलाडी छनोट गरिसकेका छन् । फुटसल कमिटिका संयोजक तथा एन्फाका केन्द्रिय सदस्य दावा लामाले दक्षिण एसियाली खेलकुद सागका लागि प्रशिक्षणमा रहेको यु–२३ राष्ट्रिय टोलीका ५ खेलाडीलाई प्रारम्भिक चरणमा राखिएको बताए ।
छनोट भएका खेलाडीहरुको ५ भदौबाट बन्द प्रशिक्षण सुरु हुने संयोजक लामाले बताए । बन्द प्रशिक्षण दौरान नै खेलाडीहरुको फिजिकिल फिटनेससँगै स्किल टेस्ट हुने छ । २० भदौसम्ममा १४ सदस्यीय टोलीको अन्तिम छनोट गरिनेछ ।
त्यसरी तयार हुने टोलीले अर्काे वर्ष इरानमा हुने एएफसी फुटसल च्याम्पियनसिपको छनोट खेल खेल्नेछ । छनोट खेल ताजिकिस्तानमा अक्टोवरमा हुनेछ । सेन्ट्रल र साउथ जोन अन्तरगत छनोटमा नेपाल ताजिकिस्तान, उज्वेकिस्तान र अफगानिस्तान रहेको समूह ‘ए’ मा रहेको छ ।
नेपालले पहिलो खेलमा ताजिकिस्तानसँग अक्टोवर २३ मा खेल्नेछ । २४ अक्टोवरमा उज्बेकिस्तान र २५ अक्टोबरमा समूहको अन्तिम खेलमा अफगानिस्तानसँग खेल्नेछ । राउन्ड रोविनपछि ६ वटा समूहका विजेता टोलीले अन्तिम चरणमा प्रवेश पाउनेछन् । आयोजक राष्ट्रको हैसियतमा तुर्कमेनिस्तानले सोझै फाइनल चरण खेल्नेछ ।
प्रराम्भिक टोली :
सुमित आले, नेत्र बहादुर श्रेष्ठ, अनिष श्रेष्ठ, रविचन्न्द्र थापा, नवीन लामा, आदिल हामिद, विजय श्रेष्ठ, विनोद गुरुङ, आशिष लामा, अमित लामा, दिपेश घले, निर्मल गुरुङ, अभय राना, विजय गुरुङ, आशिष कपाली, सन्दीप कार्की, विश्वजित राई, एलिक तामाङ, जेनिस प्रजापति, मनि लामा, सरोज तामाङ, प्रवेश जोशी, दिपेश श्रेष्ठ, रुपेश क्षेत्री, क्रिजल खड्का, उर्जेन शेर्पा, राफी महर्जन, मनिष सेढाई, मिसन लामा, सन्जय राजवहाक, विजय बोहरा, हिमसेल जिसी
वैकल्पिक खेलाडी
मनोज तामाङ, सुरज गुरुङ, विजय श्रेष्ठ, अरुज सिंह र सुशान श्रेष्ठ
February 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अर्जुन मेमोरियल यु १२ फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । टिपटो स्पोट्स एकेडेमीको आयोजनामा शनिवार हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जी फोर फुटसल तारकेश्वर ११ मा फुटसल प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगिता लिग कम नक आउटका आधारमा संचालन हुनेछ । प्रतियोगिताको फाइनल सहितको १९ खेल शनिबारै हुने आयोजकले जनाएको […]
January 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हरेक हुँदै आएको एनएसजेएफ कप फुटसल प्रतियोगिताको तेस्रो संस्करणमा रिपोर्टर राइनोज च्याम्पियन भएको छ । नखिपोटस्थिट फुटसल भिजेलमा बिहीवार भएको फाइनलमा रिपोर्टर राइनोजले हेडलाइन हुरिकेन्सलाई ४–० ले पराजित गर्दै उपाधि जितेको थियो । सबै गोल टिमका मार्की अभिनव जोशीले गरे । ४ टोलीको प्रतिस्पर्धी एनएसजेएफ कपमा रिपोर्टर, […]
January 6, 2025
हिमाल खरेल, बिर्तामोड बिर्तामोडको अन्तिम विकल्प फुटसलले झापाको मेचीनगर-१० स्थित धाइजनमा आयोजित प्रथम जिजिआर मेमोरियल खुला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । अन्तिम विकल्पले फाइनलमा आयोजक रेड स्टार फुटसल क्लबलाई ४-२ ले पराजित गर्दै उपाधि रक्षा गरेको हो । अन्तिम विकल्पका लागि विक्रम तामाङ र एरोन मगरले समान २ गोल गरे । एरोन प्लेयर अफ […]