default_image

6 years ago

August 15, 2019

खेलकुद विज्ञानलाई टीयू फुटसल उपाधि

103 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – खेलकुद विज्ञानले टीयू फुटसल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा खेलकुद विज्ञानले शिक्षाशास्त्रको केन्द्रिय विभागलाई ९-३ ले पराजित गरेको हो ।

फाइनल खेलमा खेलकुद विज्ञानका लागि रुकेश श्रेष्ठ, कविराज राई र रविन्द्र शिलाकारले २-२ गोल गरे । सम्राट थापा, विवेक थापा र महेश मल्ल ठकुरीले १-१ गोल गरे । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका खेलकुद विज्ञानका रुकेश श्रेष्ठ प्रतियोगिताको उत्कृष्ट खेलाडी भए । खेल विज्ञानकै रविन्द्र शिलाकार सर्वाधिक गोलकर्ता तथा महेश मल्ल ठकुरी उत्कृष्ट गोलरक्षक बने ।

उपाधिसँगै विजेता टोलीले १० हजार रुपैयाँ प्राप्त गर्यो । उपविजेता शिक्षाशास्त्रले ४ हजार रुपैयाँ प्राप्त गर्यो । प्रतियोगितामा कुल १७ टोलीको सहभागिता रहेको थियो । पीसी विश्वविद्यालय विद्यार्थी संघद्वारा आयोजित प्रतियोगिता २ दिन चलेको थियो ।

February 7, 2025

अर्जुन मेमोरियल फुटसल हुने

काठमाडौं(हाम्रो खेलकुद) – अर्जुन मेमोरियल यु १२ फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । टिपटो स्पोट्स एकेडेमीको आयोजनामा शनिवार हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जी फोर फुटसल तारकेश्वर ११ मा फुटसल प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगिता लिग कम नक आउटका आधारमा संचालन हुनेछ । प्रतियोगिताको फाइनल सहितको १९ खेल शनिबारै हुने आयोजकले जनाएको […]

January 23, 2025

रिपोर्टर राइनोज एनएसजेएफ कप च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हरेक हुँदै आएको एनएसजेएफ कप फुटसल प्रतियोगिताको तेस्रो संस्करणमा रिपोर्टर राइनोज च्याम्पियन भएको छ । नखिपोटस्थिट फुटसल भिजेलमा बिहीवार भएको फाइनलमा रिपोर्टर राइनोजले हेडलाइन हुरिकेन्सलाई ४–० ले पराजित गर्दै उपाधि जितेको थियो । सबै गोल टिमका मार्की अभिनव जोशीले गरे । ४ टोलीको प्रतिस्पर्धी एनएसजेएफ कपमा रिपोर्टर, […]

January 6, 2025

अन्तिम विकल्पलाई जिजिआर मेमोरियल फुटसलको उपाधि

हिमाल खरेल, बिर्तामोड बिर्तामोडको अन्तिम विकल्प फुटसलले झापाको मेचीनगर-१० स्थित धाइजनमा आयोजित प्रथम जिजिआर मेमोरियल खुला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । अन्तिम विकल्पले फाइनलमा आयोजक रेड स्टार फुटसल क्लबलाई ४-२ ले पराजित गर्दै उपाधि रक्षा गरेको हो । अन्तिम विकल्पका लागि विक्रम तामाङ र एरोन मगरले समान २ गोल गरे । एरोन प्लेयर अफ […]

Success

Thank you for your time.