6 years ago
July 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटिले आउदो भदौ दोस्रो सातादेखि राष्ट्रिय फुटसल प्रतियोगिता आयोजना गर्ने तयारी थालेको छ ।
एन्फा अन्तरगतको फुटसल कमिटिका अध्यक्ष तथा एन्फाका केन्द्रिय सदस्य दावा लामाले इरानमा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसिप २०२० को छनोट खेलका लागि प्रतियोगिता आयोजना गन लागिएको जानकारी गराए ।
राष्ट्रिय फुटसल च्याम्पियनसिपमा नेपालमा विधिवत् रुपमा दर्ता भइ सञ्चालनमा रहेका फुटसल हाउसहरुलाई नै क्लबको रुपमा अघि सारेर आयोजना हुनेछ । च्याम्पियनसिपमा २२ देखि २५ फुटसल टोलीको सहभागिता रहने अध्यक्ष लामाले बताए ।
उनका अनुसार यो प्रतियोगिता नेपाली राष्ट्रिय पुरुष फुटसल टिम छनोटको रुपमा रहनेछ । फुटसल प्रतियोगिता भदौ ९ गतेबाट २० गतेसम्म आयोजना हुनेछ ।
यस प्रतियोगिताबाट छनोट हुने खेलाडीले राष्ट्रिय टोलीमा स्थान बनाउनेछन् । यस प्रतियोगिताबाट प्रारम्भिक चरणमा ६० देखि ७० खेलाडी छनोट गरी प्रशिक्षणमा राखिने र यसबातै अन्तिम १० सदस्यीय टोली तयार पारिने अध्यक्ष लामाले बताए ।
एएफसी फुटसल च्याम्पियनसिप– २०२० को छनोट खेल इरानमा अक्टोबर १६ देखि २७ सम्म हुनेछ । फाइनल चरणका खेल भने फेब्रुवरी २७ देखि मार्च ८ गतेसम्म तुर्केमिनिस्तानमा आयोजना हुँदैछ । फाइनल चरणमा १६ टोली रहनेछन् ।
February 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अर्जुन मेमोरियल यु १२ फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । टिपटो स्पोट्स एकेडेमीको आयोजनामा शनिवार हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जी फोर फुटसल तारकेश्वर ११ मा फुटसल प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगिता लिग कम नक आउटका आधारमा संचालन हुनेछ । प्रतियोगिताको फाइनल सहितको १९ खेल शनिबारै हुने आयोजकले जनाएको […]
January 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हरेक हुँदै आएको एनएसजेएफ कप फुटसल प्रतियोगिताको तेस्रो संस्करणमा रिपोर्टर राइनोज च्याम्पियन भएको छ । नखिपोटस्थिट फुटसल भिजेलमा बिहीवार भएको फाइनलमा रिपोर्टर राइनोजले हेडलाइन हुरिकेन्सलाई ४–० ले पराजित गर्दै उपाधि जितेको थियो । सबै गोल टिमका मार्की अभिनव जोशीले गरे । ४ टोलीको प्रतिस्पर्धी एनएसजेएफ कपमा रिपोर्टर, […]
January 6, 2025
हिमाल खरेल, बिर्तामोड बिर्तामोडको अन्तिम विकल्प फुटसलले झापाको मेचीनगर-१० स्थित धाइजनमा आयोजित प्रथम जिजिआर मेमोरियल खुला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । अन्तिम विकल्पले फाइनलमा आयोजक रेड स्टार फुटसल क्लबलाई ४-२ ले पराजित गर्दै उपाधि रक्षा गरेको हो । अन्तिम विकल्पका लागि विक्रम तामाङ र एरोन मगरले समान २ गोल गरे । एरोन प्लेयर अफ […]