6 years ago
June 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको अन्तर विद्यालय फुटसल प्रतियोगिता शुक्रबारबाट सुरु हुने भएको छ ।
आयोजक कखरा ईभेन्ट म्यानेजमेन्ट प्रालिले बुधबार पत्रकार सम्मेलन गर्दै दुई दिने प्रतियोगिता शुक्रबारबाट सुरु हुने जानकारी गराएको हो । शनिबारसम्म संचालन हुने प्रतियोगितामा ३२ बढी विद्यालयको टिमले सहभागिता जनाउने छन् । च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा आयोजना हुने प्रतियोगिता नकआउटका आधारमा सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेताले ३० हजार प्राप्त गर्ने छन् । उपविजेताले २० हजार पाउने छन् । यस्तै विधागततर्फ सर्वोकृष्ट खेलाडी, गोलकिपर, फरवार्ड, मिडफिल्डर र प्रशिक्षकलाई ट्रफी र गिफ्टह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितालाई गोल्डेन गेट इन्टरनेसनल कलेजले मुख्य प्रायोजन गरेको छ । आयोजक र गोल्डेन गेटबीच बुधबार एक बर्षे प्रायोजन सम्झौतामा हस्ताक्षर भएको छ । गोल्डेन गेटका सिईओ रमेश सिलवाल र कखराका सिईओ कृष्ण प्रसाद कंडेलले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
February 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अर्जुन मेमोरियल यु १२ फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । टिपटो स्पोट्स एकेडेमीको आयोजनामा शनिवार हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जी फोर फुटसल तारकेश्वर ११ मा फुटसल प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगिता लिग कम नक आउटका आधारमा संचालन हुनेछ । प्रतियोगिताको फाइनल सहितको १९ खेल शनिबारै हुने आयोजकले जनाएको […]
January 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हरेक हुँदै आएको एनएसजेएफ कप फुटसल प्रतियोगिताको तेस्रो संस्करणमा रिपोर्टर राइनोज च्याम्पियन भएको छ । नखिपोटस्थिट फुटसल भिजेलमा बिहीवार भएको फाइनलमा रिपोर्टर राइनोजले हेडलाइन हुरिकेन्सलाई ४–० ले पराजित गर्दै उपाधि जितेको थियो । सबै गोल टिमका मार्की अभिनव जोशीले गरे । ४ टोलीको प्रतिस्पर्धी एनएसजेएफ कपमा रिपोर्टर, […]
January 6, 2025
हिमाल खरेल, बिर्तामोड बिर्तामोडको अन्तिम विकल्प फुटसलले झापाको मेचीनगर-१० स्थित धाइजनमा आयोजित प्रथम जिजिआर मेमोरियल खुला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । अन्तिम विकल्पले फाइनलमा आयोजक रेड स्टार फुटसल क्लबलाई ४-२ ले पराजित गर्दै उपाधि रक्षा गरेको हो । अन्तिम विकल्पका लागि विक्रम तामाङ र एरोन मगरले समान २ गोल गरे । एरोन प्लेयर अफ […]