default_image

9 years ago

May 4, 2016

फुटसल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

119 views

0 Bookmark

प्रथम एमएससी फुटसल प्रतियोगिताको सेमिफाइनल समीकरण बुधबार पूरा भएको छ ।

futsal

सेमिफाइनलमा अमृत साइन्स क्याम्पसले आयोजक गेप्स ‘ए’ संग खेल्ने छ भने सेन्ट्रल डिपार्टमेन्ट अफ जियोलोजीले सेन्ट्रल डिपार्टमेन्ट अफ फिजिक्सको सामना गर्नेछ ।

गोल्डेनगेट इन्टरनेसनल कलेजको तत्वावधानमा गोल्डेनगेट एकेडेमी अफ फिजिक्स सोसाइटी (गेप्स) द्वारा आयोजित प्रतियोगितामा ११ पुरुष टिम सहभागी छन् ।

विजेताले ५ हजार तथा उपविजेताले ३ हजार नगद पुरस्कार पाउने छन् । शान्तिनगरमा भइरहेको प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ ।

February 7, 2025

अर्जुन मेमोरियल फुटसल हुने

काठमाडौं(हाम्रो खेलकुद) – अर्जुन मेमोरियल यु १२ फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । टिपटो स्पोट्स एकेडेमीको आयोजनामा शनिवार हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जी फोर फुटसल तारकेश्वर ११ मा फुटसल प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगिता लिग कम नक आउटका आधारमा संचालन हुनेछ । प्रतियोगिताको फाइनल सहितको १९ खेल शनिबारै हुने आयोजकले जनाएको […]

January 23, 2025

रिपोर्टर राइनोज एनएसजेएफ कप च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हरेक हुँदै आएको एनएसजेएफ कप फुटसल प्रतियोगिताको तेस्रो संस्करणमा रिपोर्टर राइनोज च्याम्पियन भएको छ । नखिपोटस्थिट फुटसल भिजेलमा बिहीवार भएको फाइनलमा रिपोर्टर राइनोजले हेडलाइन हुरिकेन्सलाई ४–० ले पराजित गर्दै उपाधि जितेको थियो । सबै गोल टिमका मार्की अभिनव जोशीले गरे । ४ टोलीको प्रतिस्पर्धी एनएसजेएफ कपमा रिपोर्टर, […]

January 6, 2025

अन्तिम विकल्पलाई जिजिआर मेमोरियल फुटसलको उपाधि

हिमाल खरेल, बिर्तामोड बिर्तामोडको अन्तिम विकल्प फुटसलले झापाको मेचीनगर-१० स्थित धाइजनमा आयोजित प्रथम जिजिआर मेमोरियल खुला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । अन्तिम विकल्पले फाइनलमा आयोजक रेड स्टार फुटसल क्लबलाई ४-२ ले पराजित गर्दै उपाधि रक्षा गरेको हो । अन्तिम विकल्पका लागि विक्रम तामाङ र एरोन मगरले समान २ गोल गरे । एरोन प्लेयर अफ […]

Success

Thank you for your time.