6 years ago
December 19, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर विद्यालय यू-१२ फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।
एपेक्स लाइफ स्कूलको आयोजनामा आईतबारबाट सुरु भएको प्रतियोगिताको सेमिफाइनलमा एपेक्स लाइफ स्कुल, रेडियन्ट पब्लिक स्कुल, अंकुर बिद्याश्रम किड्स लर्निङ स्कुल पुग्न सफल भएका छन् ।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेल एपेक्स लाइफ स्कुल र अंकुर विद्याश्रम बिच हुने भएको छ भने दोस्रो सेमिफाइनल रेडियन्ट पब्लिक स्कुल र किड्स लर्निङ स्कुलबिच हुनेछ । फाइनल र सेमिफाइनल खेल तथा समापन समारोह शुक्रबार हुनेछ ।
प्रतियोगितामा एपेक्स लाइफ स्कुल, युरो स्कूल, किड्स लर्निङ स्कुल, द एक्सलिएर स्कुल, रेडियन्ट पब्लिक स्कुल, अंकुर विद्याश्रम, शुभतारा स्कुल, जोसेफ हाई स्कुल, सिद्धार्थ बनस्थली स्कुल, पनिनि स्कुल, मेरिडियन इन्टरनेशनल स्कुल र प्रिमियर इन्टरनेशनल स्कुल लगायतका टिमहरुको सहभागिता रहेको छ ।
February 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अर्जुन मेमोरियल यु १२ फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । टिपटो स्पोट्स एकेडेमीको आयोजनामा शनिवार हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जी फोर फुटसल तारकेश्वर ११ मा फुटसल प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगिता लिग कम नक आउटका आधारमा संचालन हुनेछ । प्रतियोगिताको फाइनल सहितको १९ खेल शनिबारै हुने आयोजकले जनाएको […]
January 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हरेक हुँदै आएको एनएसजेएफ कप फुटसल प्रतियोगिताको तेस्रो संस्करणमा रिपोर्टर राइनोज च्याम्पियन भएको छ । नखिपोटस्थिट फुटसल भिजेलमा बिहीवार भएको फाइनलमा रिपोर्टर राइनोजले हेडलाइन हुरिकेन्सलाई ४–० ले पराजित गर्दै उपाधि जितेको थियो । सबै गोल टिमका मार्की अभिनव जोशीले गरे । ४ टोलीको प्रतिस्पर्धी एनएसजेएफ कपमा रिपोर्टर, […]
January 6, 2025
हिमाल खरेल, बिर्तामोड बिर्तामोडको अन्तिम विकल्प फुटसलले झापाको मेचीनगर-१० स्थित धाइजनमा आयोजित प्रथम जिजिआर मेमोरियल खुला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । अन्तिम विकल्पले फाइनलमा आयोजक रेड स्टार फुटसल क्लबलाई ४-२ ले पराजित गर्दै उपाधि रक्षा गरेको हो । अन्तिम विकल्पका लागि विक्रम तामाङ र एरोन मगरले समान २ गोल गरे । एरोन प्लेयर अफ […]