7 years ago
July 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – बालबालिकामाथि हुने गरेको दुर्व्यवहार अन्त्यका लागि सांकेतिक आव्हान स्वरुप मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना भएको छ ।
बालअधिकार अभियान नेपाल, बालअधिकारका लागि राष्ट्रिय अभियान नेपाल र जिल्ला बालक्लब सञ्जाल काठमाडौंको संयुक्त आयोजनामा शुक्रबार मैत्रीपूर्ण फूटसल आयोजना भएको हो । काठमाडौं सिनामंगलस्थित फाइभ फाइभ फूटसलमा भएको मैत्रीपूर्ण फुटसलमा ललित बहादुर शाहीको नेतृत्वको नीलो समूहले रमेश खतिवडाको नेतृत्वको रातो समूहलाई ६–४ को गोलअन्तरले पराजित गर्यो । फुटसलमा सहभागी अभियन्ता खेलाडीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
बालबालिकामाथि हुने गरेका दुर्व्यवहारको अन्त्यका लागि सांकेतिक आव्हान स्वरुप यस कार्यक्रमको आयोजना गरिएको बालअधिकारका लागि राष्ट्रिय अभियान नेपालका संयोजक प्रविण सिलवालले बताए । साथै पीडामा परेका बालबालिकाको संरक्षणका लागि वयस्क अभियन्ताहरुको पनि एकबद्धता होस् भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको जिल्ला बालक्लब सञ्जालका अध्यक्ष राजाराम बस्नेतले बताए ।
बालक्लबका पदाधिकारी, बालक्लबका पूर्व पदाधिकारी तथा बालअधिकारको क्षेत्रमा क्रियाशील नागरिकहरुको संयुक्त पहलमा “बालबालिकाको भविष्य सुरक्षित, संरक्षित र बालअनुकूल पार्न वर्तमानमा क्रियाशील बनौं“ भन्ने नाराका साथ यस अभियान सुरू गरिएको बालअधिकार अभियान नेपालका संयोजक नवीनचन्द्र घिमिरेले बताए ।
मैत्रीपूर्ण फूटसल कार्यक्रममा बालअधिकारको क्षेत्रमा क्रियाशील ४० जना बालबालिकादेखि अग्रज अभियन्ताहरुको सहभागिता रहेको थियो ।
February 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अर्जुन मेमोरियल यु १२ फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । टिपटो स्पोट्स एकेडेमीको आयोजनामा शनिवार हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जी फोर फुटसल तारकेश्वर ११ मा फुटसल प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगिता लिग कम नक आउटका आधारमा संचालन हुनेछ । प्रतियोगिताको फाइनल सहितको १९ खेल शनिबारै हुने आयोजकले जनाएको […]
January 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हरेक हुँदै आएको एनएसजेएफ कप फुटसल प्रतियोगिताको तेस्रो संस्करणमा रिपोर्टर राइनोज च्याम्पियन भएको छ । नखिपोटस्थिट फुटसल भिजेलमा बिहीवार भएको फाइनलमा रिपोर्टर राइनोजले हेडलाइन हुरिकेन्सलाई ४–० ले पराजित गर्दै उपाधि जितेको थियो । सबै गोल टिमका मार्की अभिनव जोशीले गरे । ४ टोलीको प्रतिस्पर्धी एनएसजेएफ कपमा रिपोर्टर, […]
January 6, 2025
हिमाल खरेल, बिर्तामोड बिर्तामोडको अन्तिम विकल्प फुटसलले झापाको मेचीनगर-१० स्थित धाइजनमा आयोजित प्रथम जिजिआर मेमोरियल खुला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । अन्तिम विकल्पले फाइनलमा आयोजक रेड स्टार फुटसल क्लबलाई ४-२ ले पराजित गर्दै उपाधि रक्षा गरेको हो । अन्तिम विकल्पका लागि विक्रम तामाङ र एरोन मगरले समान २ गोल गरे । एरोन प्लेयर अफ […]