9 years ago
January 14, 2016
काठमाडौं
प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालित फुटसल अनिश्चितकालका लागि बन्द गराएको छ ।
फुटसलको कारण समाजमा बिकृती फैलिएको गुनासो आएको भन्दै महानगरीय प्रहरी परिसरले काठमाडौं उपत्यकाका सबै फुटसल अनिश्चितका लागि बन्द गर्ने निर्णय गरेको हो ।
‘स्वास्थ्य र रमाइलोका लागि खेलिने यो खेलमा नियमन नहुँदा विकृति बढेको पाइयो’, महानगरीय प्रहरी परिसरका एसपी तथा प्रवक्ता विश्वराज पोखरेलले अन्नपुर्णलाई भने , ‘कानुनी दायरामा ल्याएर मात्र फेरि सञ्चाल गर्न दिन्छौं । यसको नियमन गर्ने कुनै संयन्त्र नभएकाले पनि बन्द गरिएको हो ।’
प्रहरिको यो निर्णय प्रती तपाईंको के धारणा छ ? कमेन्ट गर्नुहोस
November 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – मेचीनगरले प्रथम झापा १ काठमाडौं कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ । नेपाली कांग्रेस झापा १ सांसद सचिवालय तथा झापा १ काठमाडौं सम्पर्क समिति, काठमाडौंको संयुक्त आयोजनामा जावलाखेलस्थित डिएभी स्कुलमा शनिवार फाइनलमा धाइजनलाई ४–३ ले हराउँदै मेचीनगरले जितेको हो । धाइजनका देवासिस प्रसाईँले ह्याट्रिक गरे । मेचीनगरका लागि रोहन कार्की र […]
November 10, 2024
काठमाडौं (हाम्रो खेलकुद) – काया स्पोर्ट्सको आयोजनामा काया यू-१६ कप सेभेन-ए-साइड फुटसल प्रतियोगिता मंसिर तेस्रो साता हुने भएको छ । नेपाली फुटबलको विकास ग्रासरुट देखिनै गर्नुपर्छ भन्ने संकल्पका साथ काया स्पोर्ट्सले मंसिर १७ देखि २० सम्म यू-१६ काया कप आयोजना गर्न लागेको हो । संस्थाको ‘कायापलट’ कार्यक्रम अन्तर्गत यो पहिलो प्रतियोगिता रहेको आयोजकले जनाएको छ […]
October 17, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम महर्जन नियुक्त भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीवार एन्फा महासचिव किरण राईले महर्जनलाई नियुक्तिपत्र हस्तान्तरण गरेका थिए । त्यस्तै टोलीको सहायक प्रशिक्षकमा सुमितकुमार आले र टोली व्यस्थापकमा राज महर्जन नियुक्त भएका छन् । सहायक प्रशिक्षक आले र टिम म्यानेजर महर्जनलाई पनि महासचिव राईले नियुक्तिपत्र […]