7 years ago
March 3, 2018
काठमाडौं (हाम्रो खेलकुद ) – आयोजक कुमारी फुटसलको प्रथम कुमारी महिला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । पक्नाजोलस्थित कुमारी फुटसलमा शनिबार भएको प्रतियोगिताको फाइनलमा आयोजक कुमारी फुटसलले लेडी लायन्सलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।
कुमारीको जितमा मनिषा थापामगरले दुई तथा प्रिति राईले एक गोल गरिन् । लेडी लायन्सका बिमला चौधरी र इन्दिरा राईले गोल गरिन् । कुमारीले २–० को अग्रता उल्ट्याएको हो । वल्र्डवाइडले गोल्डेन्स गल्र्सलाई २–१ को अन्तरमा पराजित गर्दै तेस्रो स्थान हात पार्यो ।
उपाधिसहित कुमारीले ५० हजार, शिल्ड र मेडल प्राप्त ग¥यो । दोस्रो भएको लेडी लायन्सले २० हजारमा चित्त बुझायो । लेडी लायन्सका इन्दिरा राई प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भईन् । उनले दि लाष्ट रिसोर्टबाट गिफ्ट ह्याम्पर प्राप्त गरिन् । प्रतियेगिताभर कुल ११ गोल गरेका कुमारीका मनिषा थापामगर सर्वाधिक गोलकर्ता भईन् । उनले प्रतियोगिता र कुमारी फुटसलकै सुस्मिता सिंह ठकुरी उत्कृष्ट गोलरक्षक घोषित भईन् ।
विजयी खेलाडीहरुलाई नेपाल फुटसल व्यवसायी संघका अध्यक्ष राज महर्जन र कुमारी फुटसलका सञ्चालक तथा फुटसल व्यवसायी संघका सचिव राजनलाल महर्जनले पुरस्कृत गरे ।
एकदिने प्रतियोगितामा विभिन्न १६ टिमले लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।
April 19, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा सात खेलाडी सम्मिलित खुला फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता बैशाख १९ र २० गते हुनेछ । बिर्तामोड ५ स्यालडाँगीनजिकै रहेको फुटसल कोर्टमा हुने प्रथम बिर्तामोड फुट-७ कप खुला फुटसल प्रतियोगिता बिर्तामोड स्पोट्र्स सेन्टरले आयोजना गर्न लागिएको हो सेन्टरका सञ्चालक गणेश कटुवालका अनुसार पूर्वमा अहिलेसम्मको ठूलो पुरस्कार राशीको फुटसल […]
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता विके सुनचाँदी पसलले छैटौं ताम्रकार फुटसल प्रतियोगिताको उपाधि जितेको छ । सानेपास्थित फिल्ड फुटसलमा सम्पन्न प्रतियोगिताको फाइनलमा विकेले ओरियन इलेक्ट्रिकल्सलाई टाइब्रेकरमा पराजित गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा २-१ ले जित्दै विकेले उपाधि रक्षा गर्यो । फाइनलको प्लेयर अफ द म्याच सृजन ताम्रकार बने । […]
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ताम्रकार फुटसलको छैटौं संस्करणको सेमिफाइनल समीकरण पूरा भएको छ । सानेपा स्थित फिल्ड फूटसलमा विके सुनचाँदी पसल र ओरियन इलेक्ट्रिकल्स समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरे । विकेले पहिलो खेलम तिछु गल्लिसँग गोलरहित बराबरी खेलेको थियो । दोस्रो खेलमा मिलन ज्वेलर्सलाई १-० ले हरायो । त्यस्तै ओरियन पहिलो खेलमा उग्रचण्डीसँग गोलरहित […]