default_image

7 years ago

February 28, 2018

सर्वाधिक पुरस्कार राशिको महिला फुटसल प्रतियोगिता शनिबार

120 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कुमारी फुटसलको आयोजनामा प्रथम कुमारी महिला फुटसल प्रतियोगिता हुने भएको छ । आयोजक कुमारी फुटसलले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै एक दिने प्रतियोगिता हुने जानकारी गराएको हो ।

लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा विभिन्न १६ क्लबले सहभागिता जनाउने कुमारी फुटसलका राजन लाल महर्जनले जानकारी गराए । आवेदन खुलाएपछि पहिला दर्ता गर्ने टिमलाई प्रतियोगितामा समावेश गरिएको आयोजकले जनाउको छ ।

सहभागी १६ टिमलाई चार समूहमा विभाजन गरिएको छ । बुधबार नै टाइसिट ‘ड्र’ निकालिएको थियो । जसअनुसार समूह ‘ए’ मा लेडी लाइन्स, ढुकु फुटसल, जि फोर फुटसल र छहारी शिक्षा सदन रहेका छन् । समूह ‘बी’ मा बौद्ध फुटसल, गोल्डेन गल्र्स, सिन्धुपाल्चोक युथ क्लब र एनएमसी रहेका छन् । समूह ‘सी’ मा न्यु जेन, गो स्पोर्टस्, एक्मी र डायनामिक रहेका छन् । समूह ‘डी’ मा थन्डर बर्डस्, स्टार स्पोर्टस्, चोल सम र आयोजक कुमारी फुटसल रहेका छन् । हरेक समूहका शीर्ष दुई टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछ ।

सहभागिताका लागि टिमलाई दर्ता शुल्क ७ हजार र भ्याली बाहिरको र छहारी शिक्षा सदनलाई ५ हजार राखिएको छ ।

हरेक टिमले सात देखि १० खेलाडी राख्न पाउनेछन् । लिग चरणका खेलहरु १५ मिनेटको र क्वार्टरफाइनल र सेमिफाइनलका खेलहरु २० मिनेटको र फाइनल खेल ३० मिनेटको हुने आयोजकले जनाएको छ । प्रतियोगिताको सबै खेलहरु पकनाजोलस्थित कुमारी फुटसलमा हुने छ ।

प्रतियोगिताको विजेताले ५० हजार, शिल्ड र मेडल प्राप्त गर्नेछन् । दोस्रो हुनेले २० हजार प्राप्त गर्नृेछ । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षक पनि पुरस्कृत हुने आयोजकले जनाएको छ । प्रतियोगिताको अनुमानित लागत ३ लाख ५० हजार हुने आयोजकले जनाएको छ । केही खर्च प्रायोजकबाट र अपुग रकम कुमारी फुटसलले नै बेहार्ने आयोजकले जनाएको छ ।

February 7, 2025

अर्जुन मेमोरियल फुटसल हुने

काठमाडौं(हाम्रो खेलकुद) – अर्जुन मेमोरियल यु १२ फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । टिपटो स्पोट्स एकेडेमीको आयोजनामा शनिवार हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जी फोर फुटसल तारकेश्वर ११ मा फुटसल प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगिता लिग कम नक आउटका आधारमा संचालन हुनेछ । प्रतियोगिताको फाइनल सहितको १९ खेल शनिबारै हुने आयोजकले जनाएको […]

January 23, 2025

रिपोर्टर राइनोज एनएसजेएफ कप च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हरेक हुँदै आएको एनएसजेएफ कप फुटसल प्रतियोगिताको तेस्रो संस्करणमा रिपोर्टर राइनोज च्याम्पियन भएको छ । नखिपोटस्थिट फुटसल भिजेलमा बिहीवार भएको फाइनलमा रिपोर्टर राइनोजले हेडलाइन हुरिकेन्सलाई ४–० ले पराजित गर्दै उपाधि जितेको थियो । सबै गोल टिमका मार्की अभिनव जोशीले गरे । ४ टोलीको प्रतिस्पर्धी एनएसजेएफ कपमा रिपोर्टर, […]

January 6, 2025

अन्तिम विकल्पलाई जिजिआर मेमोरियल फुटसलको उपाधि

हिमाल खरेल, बिर्तामोड बिर्तामोडको अन्तिम विकल्प फुटसलले झापाको मेचीनगर-१० स्थित धाइजनमा आयोजित प्रथम जिजिआर मेमोरियल खुला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । अन्तिम विकल्पले फाइनलमा आयोजक रेड स्टार फुटसल क्लबलाई ४-२ ले पराजित गर्दै उपाधि रक्षा गरेको हो । अन्तिम विकल्पका लागि विक्रम तामाङ र एरोन मगरले समान २ गोल गरे । एरोन प्लेयर अफ […]

Success

Thank you for your time.