7 years ago
February 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – राज महर्जनलाई निरन्तरता दिदै नेपाल फुटसल व्यवसायी संघको पहिलो साधारण सभा सम्पन्न भएको छ ।
शनिबार धन्ययन्तरी फुटसलमा भएको प्रथम वार्षिक साधरण सभाले तदर्थ समितिका राज महर्जनकै नेतृत्वमा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । संघको उपाध्यक्षमा हरि खड्का, महासचिवमा मदन कोइराला, सचिवमा राजन लाल महर्जन र कोषाध्यक्षमा सम्राट बुढोथोकी रहेका छन् । यस्तै सदस्यहरुमा रमेश अवाले, मुकुन्द सिंह, नवीन वीर बस्नेत, थम्मन भुषाल, नवाङ निमा लामा, मनसजन राजभण्डारी, योगेन्द्र राई र पविन कार्की रहेका छन् ।
संघले यसअघि नेपालमा पहिलोपटक फुटसल भित्र्याउने नवाङ निमा लामालाई सम्मानित गरेको थियो । साधरण सभाका संघका अध्यक्ष राज महर्जनले दुई वर्ष अघि जिल्ला प्रशासन कार्यलयले एक्कासी फुटसल बन्द गर्ने प्रयास गरेपछि फुटसल व्यवसायी संघको स्थापना भएको स्मरण गर्दै आगमी दिनमा संघले समाजलाई कुनै बाधा नपर्ने कार्य गर्दै जाने बताए ।
यसअघि साधारण सभाको उद्घाटन समारोहमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष नरेन्द्र श्रेष्ठ, फुटसल कमिटिका अध्यक्ष रमेश रायमाझी, काठमाडौं महानगरपालिका वडा नम्वर ४ का अध्यक्ष महेन्द्र विष्ट, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्यलगायतको उपस्थिति रहेको थियो ।
April 19, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा सात खेलाडी सम्मिलित खुला फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता बैशाख १९ र २० गते हुनेछ । बिर्तामोड ५ स्यालडाँगीनजिकै रहेको फुटसल कोर्टमा हुने प्रथम बिर्तामोड फुट-७ कप खुला फुटसल प्रतियोगिता बिर्तामोड स्पोट्र्स सेन्टरले आयोजना गर्न लागिएको हो सेन्टरका सञ्चालक गणेश कटुवालका अनुसार पूर्वमा अहिलेसम्मको ठूलो पुरस्कार राशीको फुटसल […]
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता विके सुनचाँदी पसलले छैटौं ताम्रकार फुटसल प्रतियोगिताको उपाधि जितेको छ । सानेपास्थित फिल्ड फुटसलमा सम्पन्न प्रतियोगिताको फाइनलमा विकेले ओरियन इलेक्ट्रिकल्सलाई टाइब्रेकरमा पराजित गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा २-१ ले जित्दै विकेले उपाधि रक्षा गर्यो । फाइनलको प्लेयर अफ द म्याच सृजन ताम्रकार बने । […]
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ताम्रकार फुटसलको छैटौं संस्करणको सेमिफाइनल समीकरण पूरा भएको छ । सानेपा स्थित फिल्ड फूटसलमा विके सुनचाँदी पसल र ओरियन इलेक्ट्रिकल्स समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरे । विकेले पहिलो खेलम तिछु गल्लिसँग गोलरहित बराबरी खेलेको थियो । दोस्रो खेलमा मिलन ज्वेलर्सलाई १-० ले हरायो । त्यस्तै ओरियन पहिलो खेलमा उग्रचण्डीसँग गोलरहित […]