7 years ago
February 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) –नेपाल इन्भेष्टमेन्ट बैंकको आयोजनामा अन्तर बैंक फुटसल प्रतियोगिता हुने भएको छ । आयोजक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर अन्तर बैंक फुटसल प्रतियोगिता फागुन ४ गते हुने जानकारी गरायो ।
बैंक बैंकबीच आपसी सम्बन्ध प्रगाढ बनाउन बैंकको ३२ औं वार्षिक उत्सवको अवसर पारेर प्रतियोगिता आयोजना गर्न लागिएको बैंकको सहायक प्रवन्ध निर्देशक बिकास थापाले जानकारी दिए । लिग कम नकआउटको आधारमा हुने प्रतियोगितामा विभिन्न १६ बैंकको सहभागिता रहेको छ ।
आयोजक बैंकको सेतो र कालो गरी दुई टिम रहेको छ । सहभागी १६ टिमलाई चार समूहमा विभाजन गरिएको छ । समूहमा गोल अन्तरमा शीर्ष स्थानमा रहने टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछ । प्रतियोगिता सामाखुशीमा रहेको सामाखुशी फुटसल एरिनामा हुनेछ ।
April 19, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा सात खेलाडी सम्मिलित खुला फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता बैशाख १९ र २० गते हुनेछ । बिर्तामोड ५ स्यालडाँगीनजिकै रहेको फुटसल कोर्टमा हुने प्रथम बिर्तामोड फुट-७ कप खुला फुटसल प्रतियोगिता बिर्तामोड स्पोट्र्स सेन्टरले आयोजना गर्न लागिएको हो सेन्टरका सञ्चालक गणेश कटुवालका अनुसार पूर्वमा अहिलेसम्मको ठूलो पुरस्कार राशीको फुटसल […]
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता विके सुनचाँदी पसलले छैटौं ताम्रकार फुटसल प्रतियोगिताको उपाधि जितेको छ । सानेपास्थित फिल्ड फुटसलमा सम्पन्न प्रतियोगिताको फाइनलमा विकेले ओरियन इलेक्ट्रिकल्सलाई टाइब्रेकरमा पराजित गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा २-१ ले जित्दै विकेले उपाधि रक्षा गर्यो । फाइनलको प्लेयर अफ द म्याच सृजन ताम्रकार बने । […]
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ताम्रकार फुटसलको छैटौं संस्करणको सेमिफाइनल समीकरण पूरा भएको छ । सानेपा स्थित फिल्ड फूटसलमा विके सुनचाँदी पसल र ओरियन इलेक्ट्रिकल्स समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरे । विकेले पहिलो खेलम तिछु गल्लिसँग गोलरहित बराबरी खेलेको थियो । दोस्रो खेलमा मिलन ज्वेलर्सलाई १-० ले हरायो । त्यस्तै ओरियन पहिलो खेलमा उग्रचण्डीसँग गोलरहित […]