8 years ago
November 10, 2017
काठमाडौं (हाम्रो खेलकुद)– अल्फा बिटा कन्सल्टेन्सीले अर्को महिना फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । साढे दुई दशक अघि स्थापना भएको कन्सल्टेन्सीले अल्फा बिटा अन्तर कलेज फुटसल प्रतियोगिता मंसिर ६ देखि ८ गते सम्म राजधानीमा आयोजना गर्ने आज आयोजित पत्रकार सम्मेलनमा कार्यकारी अध्यक्ष द्विराज शर्माले जानकारी दिएका थिए ।
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा कीर्तिमानी पदक विजेता एवंम् ओलम्पियन दीपक विष्टले संयोजन गर्ने प्रतियोगितामा उपत्यकाका कम्तीमा १६ देखि २० कलेजले प्रतिस्पर्धा गर्ने बताइएको छ। विधार्थीका बीचमा स्वस्थ्य प्रतिस्पर्धा, शारीरिक र मानसिक रुपमा दुरुस्त रहन यस्ता प्रतियोगिता सहयोगी हुने हामीले विश्वास लिएका जनाउँदै अल्फा बिटाले यो फुटसल प्रतियोगितालाई हरेक वर्ष आयोजना गर्ने लक्ष्य लिएको जनाएको छ । अल्फा बिटाले आउने वर्षमा क्रिकेट र फुटबल प्रतियोगिता पनि आयोजना गर्ने सोच राखेको बताइएको छ ।
करिब ८ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगितामा २ लाख ३० हजार रुपैयाँ नगद पुरस्कारका रुपमा प्रदान गरिने आयोजकले जानकारी दिए । प्रतियोगिताको विजेताले ट्रफीका साथ १ लाख, दोस्रो हुनेले ६० हजार र तेस्रो हुने टोलीले ४० हजार रुपैयाँ पाउनेछन् । त्यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई १० हजार र सर्वाधिक गोल कर्तालाई १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।क्वार्टरफाइनलदेखि हरेक खेलको म्यान अफ दी म्याचले १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
April 30, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित […]
April 19, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा सात खेलाडी सम्मिलित खुला फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता बैशाख १९ र २० गते हुनेछ । बिर्तामोड ५ स्यालडाँगीनजिकै रहेको फुटसल कोर्टमा हुने प्रथम बिर्तामोड फुट-७ कप खुला फुटसल प्रतियोगिता बिर्तामोड स्पोट्र्स सेन्टरले आयोजना गर्न लागिएको हो सेन्टरका सञ्चालक गणेश कटुवालका अनुसार पूर्वमा अहिलेसम्मको ठूलो पुरस्कार राशीको फुटसल […]
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता विके सुनचाँदी पसलले छैटौं ताम्रकार फुटसल प्रतियोगिताको उपाधि जितेको छ । सानेपास्थित फिल्ड फुटसलमा सम्पन्न प्रतियोगिताको फाइनलमा विकेले ओरियन इलेक्ट्रिकल्सलाई टाइब्रेकरमा पराजित गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा २-१ ले जित्दै विकेले उपाधि रक्षा गर्यो । फाइनलको प्लेयर अफ द म्याच सृजन ताम्रकार बने । […]