8 years ago
October 17, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अर्को लज्जास्पद हारसहित नेपालको पहिलो अन्तर्राष्ट्रिय फुटसलको सहभागिताको अन्त्य गरेको छ । इरानमा जारी एएफसी फुटसल च्याम्पियनसिप छनोटमा लगातार दुई खेल गुमाइसकेपछि भिडेका दुई टोलीबीचको खेलमा आज नेपाल तुर्किमिनिस्तानसँग ९–३ ले पराजित भएको थियो ।
यसअघि २ खेलमा १९ गोल खाइसकेको नेपाललले कुल २८ गोल खाएको छ । बदलामा ४ गोल मात्र गर्न सफल रह्यो । पहिलो खेलमा उज्वेकिस्तानसँग १४–१ को लज्जास्पद हार बेहोरेको नेपालले हिजो किर्गिस्तानसँगको खेल ५–० ले गुमाएको थियो
आज नेपालले २–० को अग्रता पनि जोगाउन सकेन र उल्टो फराकिलो हार बेहोर्यो । निर्धारित ४० मिनेटको खेलमा नविन लामाको गोलबाट नेपालले पहिलो अग्रता लिएको थियो भने आठौं मिनेटमा निर्मल गुरुङले गोल गरे । १२ औं मिनेटमा तुर्किमिस्तिानका गोलकिपर बेरामोभले रातो कार्ड पाएका थिए ।
१० औं मिनेटमा तुर्किमिस्तिानले पहिलो र र्कुबानोभले ११ औं मिनेटमा दोस्रो गोल फर्कायो । नेपालका लागि कप्तान सुरज राउतले १४ औं मिनेटमा गोल गरे । उनले उज्वेतिस्तानविरुद्धको पनि एक गोल गरेका थिए । तुर्किमिनिस्तानका लागि पहिलो गोल गरेका सालटानोभा मास्साटले २१ औं मिनेटमा गोल गरे । अनालुगिभेनले २७ औं, अत्ताएभले २८ औं र ३० औं, गुरबान्डेलीले ३३ औ मिनेट र मुमामेले ४० औं मिनेटमा गोल गरेका थिए ।
समूहमा उज्वेकिस्तान र किर्गिज गणतन्त्रले दुवै खेल जितेका छन् । समूहका शीर्ष दुई टोली अर्को बर्ष चाइनिज ताइपेइमा हुने एएफसी फुटसल च्याम्पियनसिपका लागि छनोट हुनेछन् ।
April 30, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित […]
April 19, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा सात खेलाडी सम्मिलित खुला फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता बैशाख १९ र २० गते हुनेछ । बिर्तामोड ५ स्यालडाँगीनजिकै रहेको फुटसल कोर्टमा हुने प्रथम बिर्तामोड फुट-७ कप खुला फुटसल प्रतियोगिता बिर्तामोड स्पोट्र्स सेन्टरले आयोजना गर्न लागिएको हो सेन्टरका सञ्चालक गणेश कटुवालका अनुसार पूर्वमा अहिलेसम्मको ठूलो पुरस्कार राशीको फुटसल […]
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता विके सुनचाँदी पसलले छैटौं ताम्रकार फुटसल प्रतियोगिताको उपाधि जितेको छ । सानेपास्थित फिल्ड फुटसलमा सम्पन्न प्रतियोगिताको फाइनलमा विकेले ओरियन इलेक्ट्रिकल्सलाई टाइब्रेकरमा पराजित गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा २-१ ले जित्दै विकेले उपाधि रक्षा गर्यो । फाइनलको प्लेयर अफ द म्याच सृजन ताम्रकार बने । […]