8 years ago
October 17, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको पहिलो अन्तर्राष्ट्रिय फुटसलमा सहभागिताको अनुभव सुखद हुन सकेन । इरानमा जारी एएफसी फुटसल च्याम्पियनसिपमा नेपालले अहिले सम्म खेलेका दुवै खेल गुमाएको मात्र छैन, हारमा पनि गोलको भारी नै बोकेको छ ।
पहिलो खेलमा उज्वेकिस्तानसँग १४–१ को लज्जास्पद हार बेहोरेको नेपालले हिजोको किर्गिस्तानसँगको खेलमा भने कम गोल भएको मै सन्तोष मान्नु परेको थियो । हिजोको खेल नेपालले ५–० ले गुमाएको थियो ।
छनोट चरणबाट बाहिरि सकेको नेपालले आज अन्तिम खेलमा तुर्किमिनिस्तानको सामना गर्दैछ । दुवै खेल हार्दै तुर्किमिनिस्तान पनि छनोट चरणबाट बाहिरिसकेको छ । त्यसअर्थमा आजको खेल दुवैका लागि प्रतिष्ठाको खेल मात्र हुनेछ । नेपाल र तुर्किमिनिस्तानबीचको खेल नेपाली समय अनुसार साँझ ६ः४५ मा सुरु हुनेछ ।
समूहमा उज्वेकिस्तान र किर्गिज गणतन्त्रले दुवै खेल जितेका छन् । समान ६ अंक भएपनि गोलअन्तरमा उज्वेकिस्तान शीर्षस्थानमा छ भने किर्गिज दोस्रो स्थानमा छ । समूहका शीर्ष दुई टोली अर्को बर्ष चाइनिज ताइपेइमा हुने एएफसी फुटसल च्याम्पियनसिपका लागि छनोट हुनेछन् ।
April 30, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित […]
April 19, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा सात खेलाडी सम्मिलित खुला फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता बैशाख १९ र २० गते हुनेछ । बिर्तामोड ५ स्यालडाँगीनजिकै रहेको फुटसल कोर्टमा हुने प्रथम बिर्तामोड फुट-७ कप खुला फुटसल प्रतियोगिता बिर्तामोड स्पोट्र्स सेन्टरले आयोजना गर्न लागिएको हो सेन्टरका सञ्चालक गणेश कटुवालका अनुसार पूर्वमा अहिलेसम्मको ठूलो पुरस्कार राशीको फुटसल […]
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता विके सुनचाँदी पसलले छैटौं ताम्रकार फुटसल प्रतियोगिताको उपाधि जितेको छ । सानेपास्थित फिल्ड फुटसलमा सम्पन्न प्रतियोगिताको फाइनलमा विकेले ओरियन इलेक्ट्रिकल्सलाई टाइब्रेकरमा पराजित गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा २-१ ले जित्दै विकेले उपाधि रक्षा गर्यो । फाइनलको प्लेयर अफ द म्याच सृजन ताम्रकार बने । […]