8 years ago
October 15, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पटक अन्तर्राष्ट्रिय फुटसल प्रतियोगिताको सुरुआत नै नमिठो हारबाट गरेको छ । इरानमा शुक्रबारबाट शुरु भएको एएफसी फुटसल च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपाली राष्ट्रिय फुटसल टोलीले उज्वेकिस्तानसँग १४–१ को लज्जास्पद हार बेहोरेको छ ।
पोउर शरीफ फुटसल हलमा भएको खेलमा बलियो उज्वेकिस्तानसँग पहिलो हाफमै ७–० ले पछि परेको थियो । दोस्रो हाफमा उज्वेकिस्तानले थप ७ गोल थप्दा नेपालले एक गोल फर्काएको थियो । उज्वेकिस्तानको जितमा दिलसोड राख्मातोभले ह्याट्रिक गरे ।
त्यस्तै कप्तान अर्तर युनिसोभ, दिलमुराद सेभ्कातोभ, निशोनोभ खुसन्निदीन, चोरिभ दाभ्रोनले समान २ तथा फर्खुद अब्दुमाभिल्यानोभ, अनास्खन राखमाटोभ र दाभ्रोन्जोन अब्दुरखामनोभले समान १ गोल गरे । नेपालको लागि एक मात्र गोल कप्तान सुरज राउतले गरे ।
एसिया जोनको छनोट अन्तर्गत समूह ‘ए’ को नेपालले दोस्रो खेल सोमबार किर्गिस्तानसँग खेल्नेछ भने मंगलबार तुर्केमिनिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । समूहका शीर्ष २ टोली अर्को बर्ष चाइनिज ताइपेहमा हुने एएफसी फुटसल च्याम्पियनसिपमा छनोट हुनेछन् ।
April 30, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित […]
April 19, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा सात खेलाडी सम्मिलित खुला फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता बैशाख १९ र २० गते हुनेछ । बिर्तामोड ५ स्यालडाँगीनजिकै रहेको फुटसल कोर्टमा हुने प्रथम बिर्तामोड फुट-७ कप खुला फुटसल प्रतियोगिता बिर्तामोड स्पोट्र्स सेन्टरले आयोजना गर्न लागिएको हो सेन्टरका सञ्चालक गणेश कटुवालका अनुसार पूर्वमा अहिलेसम्मको ठूलो पुरस्कार राशीको फुटसल […]
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता विके सुनचाँदी पसलले छैटौं ताम्रकार फुटसल प्रतियोगिताको उपाधि जितेको छ । सानेपास्थित फिल्ड फुटसलमा सम्पन्न प्रतियोगिताको फाइनलमा विकेले ओरियन इलेक्ट्रिकल्सलाई टाइब्रेकरमा पराजित गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा २-१ ले जित्दै विकेले उपाधि रक्षा गर्यो । फाइनलको प्लेयर अफ द म्याच सृजन ताम्रकार बने । […]