7 years ago
October 15, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले आज पहिलो पटक औपचारिक रुपमा फुटसलको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ । इरानमा एएफसी फुटबल च्याम्पियनसिप छनोटको पहिलो खेलमा आज उज्वेकिस्तानको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ बजे सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
समूह ‘ए’ मा नेपालले भोली किर्गिस्तान र मंगलबार तुर्किमिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । समूहका शीर्ष दुई टोलीले अन्तिम चरणमा प्रवेश पाउनेछन् । फाइनल चरण अर्को बर्ष फेब्रुअरीमा आयोजना हुनेछ ।
नेपाली फुटसल टोली
खेलाडी – अभय राणा, अमित तामाङ, अनिष श्रेष्ठ, अरुज सिंह, विनोद गुरुङ, मनिकुमार लामा, नवीन लामा, निर्मल गुरुङ, राज शाही, सन्जोग महर्जन, सौरभ राखेल मगर, सुमित कुमार आले, सुरज राउत (कप्तान), सुसन श्रेष्ठ
प्रशिक्षक – राकेश श्रेष्ठ (मुख्य) , राजेश शाही
टोली नेता – रमेश रायमाझी
व्यवस्थापक – विनोद गुरुङ
अफिसियल – लक्ष्मण अधिकारी, प्रसुन श्रेष्ठ, मोतीलाल श्रेठ, राज महर्जन, हरि शंकर महर्जन
November 10, 2024
काठमाडौं (हाम्रो खेलकुद) – काया स्पोर्ट्सको आयोजनामा काया यू-१६ कप सेभेन-ए-साइड फुटसल प्रतियोगिता मंसिर तेस्रो साता हुने भएको छ । नेपाली फुटबलको विकास ग्रासरुट देखिनै गर्नुपर्छ भन्ने संकल्पका साथ काया स्पोर्ट्सले मंसिर १७ देखि २० सम्म यू-१६ काया कप आयोजना गर्न लागेको हो । संस्थाको ‘कायापलट’ कार्यक्रम अन्तर्गत यो पहिलो प्रतियोगिता रहेको आयोजकले जनाएको छ […]
October 17, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम महर्जन नियुक्त भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीवार एन्फा महासचिव किरण राईले महर्जनलाई नियुक्तिपत्र हस्तान्तरण गरेका थिए । त्यस्तै टोलीको सहायक प्रशिक्षकमा सुमितकुमार आले र टोली व्यस्थापकमा राज महर्जन नियुक्त भएका छन् । सहायक प्रशिक्षक आले र टिम म्यानेजर महर्जनलाई पनि महासचिव राईले नियुक्तिपत्र […]
October 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन एयरलाइन्सले एभिएशन फुटसल प्रतियोगिता २०२४ को उपाधि जितेको छ । गीता एभियशनले शनिवार आयोजना गरेको प्रतियोगिताको फाइनलमा नेपाली सेनाको आर्मी एयरफोर्सलाई ४-२ ले पराजित गर्दै हिमालयनले उपाधि जितेको हो । हिमालयनको जितमा पवन प्रजापतीले २, अनिल थापा र कञ्चन विष्टले समान १ गोल गरेका थिए । आर्मीका लागि १ गोल […]