8 years ago
October 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको पहिलो आधिकारिक राष्ट्रिय फुटसल टिम एएफसी फुटसल च्याम्पियनसिप खेल्न इरान प्रस्थान गर्दै छ । भोलिबाट शुरु हुने प्रतियोगिता खेल्न १४ सदस्यीय नेपाली राष्ट्रिय फुटसल टिम र ९ अफिसियल गरी २३ सदस्यीय टिम आज राति त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । नेपाली टोलीलाई एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले बिदाई गरे ।
तस्विर : एन्फा
नेपालले फुटसल इतिहासमै पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको औपचारिक फुटसल प्रतियोगितामा सहभागिता जनाउन लागेको हो । इरानमा अक्टोबर १३ बाट २२ सम्म हुने फुटसल च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा परेको छ नेपालको समूहमा उज्बेकिस्तान, किर्गिस्तान र तुर्कमेनिस्तान रहेको छ । उज्बेकिस्तान प्रतियोगिताको साविक उपविजेता हो । किर्गिस्तानले यसअघिको संस्करणमा अन्तिम चरणमा प्रवेश गरेको थियो ।
नेपालले १५ अक्टोबरमा उज्बेकिस्तानसँग खेल्नेछ भने १६ अक्टोबरमा किर्गिस्तानको सामना गर्नेछ । समूहको अन्तिम खेल अन्तर्गत १७ अक्टोबरमा नेपालले तुर्कमेनिस्तानसँग खेल्नेछ । समूह चरणको विजेता र उपविजेताले प्रतियोगिता अन्तिम चरणमा प्रवेश पाउनेछ । प्रतियोगिताको अन्तिम चरण २०१८ फेब्रुअरीमा हुनेछ ।
बिदाईको क्रममै सुरज राउतलाई टिमको कप्तानीको जिम्मेवारी दिइएको छ । सहायक कप्तानमा नवीन लामा तोकिएका छन् । नेपाली टिमका मुख्य प्रशिक्षक राकेश श्रेष्ठले इरानमा अनुभव बटुल्ने प्रयाससँगै पहिलो च्याम्पियनसिपमा दोस्रो चरणको लागि छनोट हुने लक्ष्य लिइएको बताए ।
टिम निर्माणमा पनि खेलाडीहरुको लगाव र मिहेनतले सहज भएको भन्दै टिमको बलियो पक्ष भनेको खेलाडीहरुमा खेल खेल्ने भावना रहेको बताए ।
नेपाली टिमका कप्तान सुरज राउतले कप्तानीमा खुशी र हर्षित रहेको भन्दै आफ्नो जिम्मेवारीलाई पुरा गर्ने बताएका छन् । ‘६ वर्षपछिको संघर्ष अचिभ गर्न पाएको छु । यसमा खुशी र हर्षित नहुने कुरै भएन ।’ कप्तान सुरजले इरान जानुअघि भने, ‘कुनैबेला पकेटबाट पैसा निकालेर खेल्नु पर्ने अवस्था थियो । अहिले व्यवसायिक भएर राष्ट्रिय टिमसम्म स्थान बनाउन सफल छु । यो मौका क्याच गर्ने प्रयास गर्नेछु ।’ यस्तै कप्तान सुरजले यसले पछिल्लो पुस्तालाई पनि फुटसलमा लाग्न राम्रो प्ल्याट फर्म पाउने बताए । उनले प्रशिक्षण अवधि थोरै भएपनि प्रशिक्षण राम्रै रहेको बताउदै च्याम्पियनसिपको पहिलो सहभागितामा ठुलो अपेक्षा नराखिएको बताए । उनले विपक्षीको स्तर अनुसार खेल्ने प्रयास गर्ने पनि बताए ।
April 30, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित […]
April 19, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा सात खेलाडी सम्मिलित खुला फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता बैशाख १९ र २० गते हुनेछ । बिर्तामोड ५ स्यालडाँगीनजिकै रहेको फुटसल कोर्टमा हुने प्रथम बिर्तामोड फुट-७ कप खुला फुटसल प्रतियोगिता बिर्तामोड स्पोट्र्स सेन्टरले आयोजना गर्न लागिएको हो सेन्टरका सञ्चालक गणेश कटुवालका अनुसार पूर्वमा अहिलेसम्मको ठूलो पुरस्कार राशीको फुटसल […]
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता विके सुनचाँदी पसलले छैटौं ताम्रकार फुटसल प्रतियोगिताको उपाधि जितेको छ । सानेपास्थित फिल्ड फुटसलमा सम्पन्न प्रतियोगिताको फाइनलमा विकेले ओरियन इलेक्ट्रिकल्सलाई टाइब्रेकरमा पराजित गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा २-१ ले जित्दै विकेले उपाधि रक्षा गर्यो । फाइनलको प्लेयर अफ द म्याच सृजन ताम्रकार बने । […]