default_image

8 years ago

October 7, 2017

राष्ट्रिय फुटसल टिमको घोषणा

206 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद )अखिल नेपाल फुटबल संघ (एन्फा) अन्र्तगतको फुटसल कमिटिले १४ सदस्यीय राष्ट्रिय फुटसल टिमको घोषणा गरेको । फुटसल कमिटिले भदौमा सकिएको रेडबुल एन्फा राष्ट्रिय फुटसल लिगमा उत्कृष्ट प्रदर्शन गरेका २७ खेलाडीबाट अन्तिम १४ खेलाडीको घोषणा गरेको हो

Futsal squad

१४ सदस्यीय खेलाडीको छनोट तीन प्रशिक्षक राकेश श्रेष्ठ, राजेश शाही बिष्णु गुरुङले गरेका हुन् नेपालले फुटसल इतिहासमै पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको औपचारिक फुटसल प्रतियोगितामा सहभागिता जनाउन लागेको हो इरानमा अक्टोबर १३ बाट २२ सम्म हुने फुटसल च्याम्पियनसिपमा नेपाल समूहमा परेको नेपालको समूहमा उज्बेकिस्तान, किर्गिस्तान तुर्कमेनिस्तान रहेको

उज्बेकिस्तान प्रतियोगिताको साविक उपविजेता हो भने किर्गिस्तानले यसअघिको संस्करणमा अन्तिम चरणमा प्रवेश गरेको थियो नेपालले १५ अक्टोबरमा उज्बेकिस्तानसँग खेल्नेछ भने त्यसको भोलिपल्ट किर्गिस्तानको सामना गर्नेछ। समूहको अन्तिम खेल अन्तर्गत १७ अक्टोबरमा नेपालले तुर्कमेनिस्तानसँग खेल्नेछ समूह चरणको विजेता उपविजेताले प्रतियोगिता अन्तिम चरणमा प्रवेश पाउनेछ प्रतियोगिताको अन्तिम चरण २०१८ फेब्रुअरीमा हुनेछ

छनोट भएका खेलाडीहरुमा

. अनिष श्रेष्ठ (शंखमुल फुटसल)

. सुमित कुमार आले (ढुकु फुटसल)

. सौरभ थापामगर (सामाखुशी फुटसल)

. सुसन श्रेष्ठ (फुटसल एरिना)

. राज शाही (किक अफ फुटसल)

. अमित तामाङ (बिजी फुटसल)

. सन्जोग महर्जन (चौर रिक्रिएसन सेन्टर)

.अरुज सिंह (हरिसिद्धि फुटसल)

.निर्मल गुरुङ (शंखमुल फुटसल)

१०. सुरज राउत (शंखमुल फुटसल)

११. नवीन लामा (सामाखुशी फुटसल)

१२. विनोद गुरुङ (सामाखुशी फुटसल)

१३. मनि लामा (किक अफ फुटसल)

१४. अभय राना (शंखमुल फुटसल)

April 30, 2025

बिर्तामोडमा फुट–७ कप खुला फुटसलको तयारी पूरा

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित […]

April 19, 2025

बिर्तामोडमा फुटसल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा सात खेलाडी सम्मिलित खुला फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता बैशाख १९ र २० गते हुनेछ । बिर्तामोड ५ स्यालडाँगीनजिकै रहेको फुटसल कोर्टमा हुने प्रथम बिर्तामोड फुट-७ कप खुला फुटसल प्रतियोगिता बिर्तामोड स्पोट्र्स सेन्टरले आयोजना गर्न लागिएको हो सेन्टरका सञ्चालक गणेश कटुवालका अनुसार पूर्वमा अहिलेसम्मको ठूलो पुरस्कार राशीको फुटसल […]

April 7, 2025

विके सुनचाँदीलाई छैटौं ताम्रकार फुटसलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता विके सुनचाँदी पसलले छैटौं ताम्रकार फुटसल प्रतियोगिताको उपाधि जितेको छ । सानेपास्थित फिल्ड फुटसलमा सम्पन्न प्रतियोगिताको फाइनलमा विकेले ओरियन इलेक्ट्रिकल्सलाई टाइब्रेकरमा पराजित गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा २-१ ले जित्दै विकेले उपाधि रक्षा गर्यो । फाइनलको प्लेयर अफ द म्याच सृजन ताम्रकार बने । […]

Success

Thank you for your time.