8 years ago
September 16, 2017
अर्जुन कार्की
बागलुङ – बागलुङमा पहिलोपटक आयोजना गरिएको धौलागिरी अञ्चल स्तरिय रश आवर फुटसल प्रतियोगिताको उपाधि नयाँ जिवन पुर्नस्थापना केन्द्रले जितेको छ । बागलुङ स्पोर्टस् क्लबलाई आज भएको फाइनलमा ९–७ ले हराउँदै नयाँ जीवनले उपाधि जितेको हो । नयाँ जीवनका लागि रोशन केसीले ४, सुनिल तामाङ, राजेश जिसी र गणेश थापाले समान १ गोल गरे ।
सुवास गुरुङको गोलबाट बागलुङ स्पोर्टस्ले अग्रता लिएपनि दास्रो हाफमा टोलीले अग्रता जोगाउन सकेन । बागलुङ स्पोर्टस्का लागि एक्लै ६ गोल गरे सुवास गुरुङ फाइनलको म्यान अफ दी म्याच घोषित भए । अर्को गोल किरण दुराले गरेका थिए । जिल्लामै पहिलो पटक आयोजना गरिएको फुटसलको उपाधि जितेको नयाँ जीवनले ५० हजार रुपैयाँ प्राप्त गर्यो । बागलुङ स्पोर्टस्ले २० हजार रुपैयाँ पायो ।
रश आवर फुटसल प्रा.लि. बागलुङले आयोजना गरेको प्रतियोगितामा बागलुङ स्पोर्टस्का सुवास सर्वोत्कृष्ट खेलाडी चुनिए । नयाँ जीवनका मञ्जेश राना मगर उत्कृष्ट गोलरक्षक र मनाव सेवा आश्रम अनुशासित टोली घोषित भए । उनीहरुले समान ३ हजार प्राप्त गरे ।
विजेता र उपविजेता टोलीका खेलाडीलाई बागलुङ नगरपालिकाका उपमेयर सुरेन्द्र खड्का, जिल्ला फुटसल संघका संस्थापक अध्यक्ष राम शर्मा र जिल्ला भूसंरक्षण कार्यालयका शेर बहादुर श्रेष्ठले पुरस्कार वितरण गरे । प्रतियोगिताका १४ टोलीको सहभागिता थियो ।
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता विके सुनचाँदी पसलले छैटौं ताम्रकार फुटसल प्रतियोगिताको उपाधि जितेको छ । सानेपास्थित फिल्ड फुटसलमा सम्पन्न प्रतियोगिताको फाइनलमा विकेले ओरियन इलेक्ट्रिकल्सलाई टाइब्रेकरमा पराजित गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा २-१ ले जित्दै विकेले उपाधि रक्षा गर्यो । फाइनलको प्लेयर अफ द म्याच सृजन ताम्रकार बने । […]
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ताम्रकार फुटसलको छैटौं संस्करणको सेमिफाइनल समीकरण पूरा भएको छ । सानेपा स्थित फिल्ड फूटसलमा विके सुनचाँदी पसल र ओरियन इलेक्ट्रिकल्स समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरे । विकेले पहिलो खेलम तिछु गल्लिसँग गोलरहित बराबरी खेलेको थियो । दोस्रो खेलमा मिलन ज्वेलर्सलाई १-० ले हरायो । त्यस्तै ओरियन पहिलो खेलमा उग्रचण्डीसँग गोलरहित […]
March 28, 2025
काठमाडौं (हाम्रो खेलकुद) – खेलकुदको माध्यमबाट समाजमा भाइचाराको अभिवृद्धि गर्न एवं समाजमा सकारात्मक परिवर्तनको उद्देश्यका साथ ताम्रकार समाजले विगत आठ वर्षदेखि गर्दै आइरहेको ताम्रकार फूटसल प्रतियोगिताको छैटौं संस्करण यसै साता हुने भएको छ । सानेपा स्थित फिल्ड फूटसलमा हुने प्रतियोगिता चैत्र १६ र २३ गते गरी दुई शनिबारको दिन चल्नेछ । ललितपुरका विभिन्न समाजका खेलाडी […]