8 years ago
September 10, 2017
काठमाडौं (हाम्रो खेलकुद) – शंखमुल फुटसल एन्फा राष्ट्रिय फुटसल लिग च्याम्पियनसिपको च्याम्पियन बनेको छ । बासँसबारीस्थित चौर रिक्रिएसन सेन्टरमा आइतबार भएको फाइनलमा एक्सटेप किक अफ फुटसललाई ५–४ को साँघुरो अन्तरले पराजित गर्र्दै शंखमुल एन्फा रेडबुल फुटसल लिगको च्याम्पियन बनेको हो ।
शखंमुलको जितमा सुरज राउतले दुई, अभय राना, अनिष श्रेष्ठ र निर्मल गुरुङले समान एक–एक गोल गरे । किक अफका सुमन डंगोलले दुई, मनि लामा र राजिन पाण्डेले समान एक–एक गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलमा शुरुआती अग्रता भने किक अफले लिएको थियो । १५ औं मिनेटमा किक अफका सुमन डंगोलले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि सुरज राउतले गोल गर्दै खेललाई बराबरीमा ल्याए । २० औं मिनेटमा अभय रानाले गोल गर्दा पहिलो हाफमा शंखमुलले २–१ को अग्रता बनायो ।
दोस्रो हाफको शुरुमै शंखमुलले लगातार दुई गोल गर्दा खेल ४–१ को अवस्थामा पुगेको थियो । २१ औं मिनेटमा सुरज राउतले व्यक्तिगत दोस्रो गोल गर्दा २१ औं मिनेटमा शंखमुलका गोलरक्षक अनिष श्रेष्ठले दर्शनीय गोल गरेको थियो । मनि लामाले २३ औं मिनेटमा एक गोल गर्दै अग्रता ४–२ मा झा¥यो । २९ औं मिनेटमा सुमनले टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गर्दा किक अफले खेललाई ३–४ को स्थितिमा ल्याएका थिए । ३६ औं मिनेटमा शंखमुलका निर्मल गुरुङले गोल गरेपछि खेल शंखमुलले आफ्नो पक्षमा पार्यो । ४० औं मिनेटमा राजिन पाण्डले गोल गरेपनि त्यो खेलमा फर्कन ढिला भएको थियो ।
च्याम्पियन बनेसँगै शंखमुलले उपाधिसहित ५ लाख रुपैया प्राप्त ग¥यो । उपविजेता बनेको किक अफले २ लाख ५० हजारमा चित्त बुझायो । यस्तै व्यक्तिगत विधातर्फ शंखमुलका सुरज राउत उत्कृष्ट खेलाडी, शंखमुलकै अनिष श्रेष्ठ उत्कृष्ट गोलरक्षक चुनिए । उत्कृष्ट प्रशिक्षकको उपाधि पनि शंखमुलकै प्रकाश परियारले हात पारे । किक अफका राज शाही उत्कृष्ट डिफेन्डर चुनिदा सामाखुशी फुटसलका विनोद गुरुङ उदियमान खेलाडी घोषित भए । सबै उत्कृष्टहरुले जनही २०–२० हजार प्राप्त गरे ।
विजयी टिम र खेलाडीहरुलाई एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठ, फुटसल कमिटिका अध्यक्ष रमेश रायमाझी, महासचिव धिरेन्द्र प्रधान, सिइओ इन्द्रमान तुलाधर, टर्न पाइकका प्रतिनिधी र एपिवान टेलिभिजनका प्रतिनिधिले पुरस्कृृत गरे ।
भाद्र १५ गतेदेखि २५ गते सम्म भएको फुटसल च्याम्पियनसिपमा काठमाडौंका १६ फुटसल टिमले सहभागिता जनाएको थियो । च्याम्पियनसिपको सबै खेलहरु एरिना फुटसल बौद्ध र चौर रिक्रिएसन सेन्टर बाँसबारीमा भएको थियो । नेपालले अक्टोबर १३ देखि २२ तारिखसम्म इरानमा हुने एएफसी फुटसल च्याम्पियनसिपमा सहभागिता जनाउने प्रतियोगिताको खेलाडी छनोटको रुपमा रहेको थिए ।
एन्फा फुटसल कमिटिका अध्यक्ष रमेश रायमाझीले केही दिनमै खेलाडी छनोट गरिने जानकारी गराए । हेरिएको प्रतियोगितामा विभिन्न १६ टिमले सहभागिता जनाउनेछ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागिता जनाएका १६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । रेडबुल राष्ट्रिय फुटसल लिग च्याम्पियनसिप आयोजना गर्न फुटसल समितिले यसअघि नै इभेन्ट म्यानेजमेन्ट कम्पनी टर्नपाइक इभेन्ट प्रालिसँग पाँचवर्षे सम्झौता गरेको थियो । सम्झौता अनुसार टर्नपाइकले एन्फालाई ५ वर्षमा १ करोड ५० लाख नगद उपलब्ध गराउनेछ । यस्तै सम्झौता अनुसार एन्फाले नेपालमा आयोजना गर्ने हरेक फुटसल प्रतियोगितामा लाग्ने समपूर्ण खर्चको दुई तिहाई रकम बेहोर्नेछ ।
April 19, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा सात खेलाडी सम्मिलित खुला फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता बैशाख १९ र २० गते हुनेछ । बिर्तामोड ५ स्यालडाँगीनजिकै रहेको फुटसल कोर्टमा हुने प्रथम बिर्तामोड फुट-७ कप खुला फुटसल प्रतियोगिता बिर्तामोड स्पोट्र्स सेन्टरले आयोजना गर्न लागिएको हो सेन्टरका सञ्चालक गणेश कटुवालका अनुसार पूर्वमा अहिलेसम्मको ठूलो पुरस्कार राशीको फुटसल […]
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता विके सुनचाँदी पसलले छैटौं ताम्रकार फुटसल प्रतियोगिताको उपाधि जितेको छ । सानेपास्थित फिल्ड फुटसलमा सम्पन्न प्रतियोगिताको फाइनलमा विकेले ओरियन इलेक्ट्रिकल्सलाई टाइब्रेकरमा पराजित गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा २-१ ले जित्दै विकेले उपाधि रक्षा गर्यो । फाइनलको प्लेयर अफ द म्याच सृजन ताम्रकार बने । […]
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ताम्रकार फुटसलको छैटौं संस्करणको सेमिफाइनल समीकरण पूरा भएको छ । सानेपा स्थित फिल्ड फूटसलमा विके सुनचाँदी पसल र ओरियन इलेक्ट्रिकल्स समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरे । विकेले पहिलो खेलम तिछु गल्लिसँग गोलरहित बराबरी खेलेको थियो । दोस्रो खेलमा मिलन ज्वेलर्सलाई १-० ले हरायो । त्यस्तै ओरियन पहिलो खेलमा उग्रचण्डीसँग गोलरहित […]