8 years ago
September 8, 2017
काठमाडौं (हाम्रो खेलकुद)- एक्सटेप किक अफ फुटसल र शंखमुल फुटसल राजधानीमा जारी एन्फा रेडबुल राष्ट्रिय फुटसल लिग च्याम्पियनसिपको उपाधिका लागि भिड्ने भएका छन् । चौर रिक्रिएसन सेन्टर बाँसबारीमा शुक्रबार भएको खेलमा शंखमुलले सामाखुशीलाई तथा एक्सटेप किक अफले एरिना फुटसल बौद्धलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।
पहिलो सेमिफाइनलमा शंखमुलले सामाखुशी फुटसलमाथि ८–२ को फराकिलो जित निकाल्दै उपाधि नजिक पुग्यो । प्रतियोगितामा अपराजित रहेको सामाखुशी सेमिफाइनलमा शंखमुलसँग भने निरिह देखियो । अघिल्लो वर्ष पनि शंखमुलले सामाखुशीलाई नै फाइनलमा पराजित गर्दै होम एण्ड अवेको आधारमा भएको रेडबुल फुटसल लिगको उपाधि जितेको थियो ।
यस्तै एक्सटेप किक अफ फुटसलले एरिना फुटसल बौद्धलाई ७–४ ले पराजित गर्दै शंखमुलसँगको फाइनलमा भेट पक्का गर्यो । नेपालले अक्टोबर १३ देखि २२ तारिखसम्म इरानमा हुने एएफसी फुटसल च्याम्पियनसिपमा सहभागिता जनाउने प्रतियोगिताको खेलाडी छनोटको रुपमा हेरिएको प्रतियोगिता विभिन्न १६ टिमले च्याम्पियनसिपमा लिग कम नकआउटका आधारमा भदौं १५ गतेबाट प्रतिस्पर्धा गरेको थियो ।
च्याम्पियनसिपको विजेताले पाँच लाख प्राप्त गर्नेछन् । यस्तै उपविजेताले २ लाख ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै उत्कृष्ट गोलरक्षक, डिफेन्स, फरवार्ड र मिडफिल्डर र प्रशिक्षकले समान २०–२० हजार प्राप्त गर्नेछन्।
April 19, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा सात खेलाडी सम्मिलित खुला फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता बैशाख १९ र २० गते हुनेछ । बिर्तामोड ५ स्यालडाँगीनजिकै रहेको फुटसल कोर्टमा हुने प्रथम बिर्तामोड फुट-७ कप खुला फुटसल प्रतियोगिता बिर्तामोड स्पोट्र्स सेन्टरले आयोजना गर्न लागिएको हो सेन्टरका सञ्चालक गणेश कटुवालका अनुसार पूर्वमा अहिलेसम्मको ठूलो पुरस्कार राशीको फुटसल […]
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता विके सुनचाँदी पसलले छैटौं ताम्रकार फुटसल प्रतियोगिताको उपाधि जितेको छ । सानेपास्थित फिल्ड फुटसलमा सम्पन्न प्रतियोगिताको फाइनलमा विकेले ओरियन इलेक्ट्रिकल्सलाई टाइब्रेकरमा पराजित गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा २-१ ले जित्दै विकेले उपाधि रक्षा गर्यो । फाइनलको प्लेयर अफ द म्याच सृजन ताम्रकार बने । […]
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ताम्रकार फुटसलको छैटौं संस्करणको सेमिफाइनल समीकरण पूरा भएको छ । सानेपा स्थित फिल्ड फूटसलमा विके सुनचाँदी पसल र ओरियन इलेक्ट्रिकल्स समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरे । विकेले पहिलो खेलम तिछु गल्लिसँग गोलरहित बराबरी खेलेको थियो । दोस्रो खेलमा मिलन ज्वेलर्सलाई १-० ले हरायो । त्यस्तै ओरियन पहिलो खेलमा उग्रचण्डीसँग गोलरहित […]