default_image

8 years ago

September 6, 2017

एक्स्टेप किक अफ र सामाखुशी समूह विजेता

135 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – किक अफ फुटसल र सामाखुशी फुटसल समूह विजेताको रुपमा एन्फा रेडुबल राष्ट्रिय फुटसल च्याम्पियनसिपको क्वार्टर पाइनलमा प्रवेश गरेका छन् ।

Kick off

राजधानीमा जारी प्रतियोगिता अन्तर्गत बुधबार स्तुपा फुटसल बौद्धमा भएको खेलमा किक अफले विजी फुटसलमाथि ९–६ को जित निकाल्दै समूह विजेता बनेको हो । समूह चरणको सात खेलमध्ये किक अफले पाँच खेलमा जित र १ हार र १ बराबरी खेलेको थियो । यस्तै समूह ‘बी’ मा सामाखुशी अपराजित रहँदै समूह विजेता बन्दै क्वार्टर फाइनलमा पुग्न सफल भयो । समूह चरणको अन्तिम खेलमा सामाखुशीले चौर रिक्रिएसनमाथि ६–४ को जित निकाल्यो ।

सामाखुशीले ६ खेलमा जित हात पार्दा एक खेल बराबरी खेलेको थियो । हरेक समूहका शीर्ष चार टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । क्वार्टरफाइनलका खेलहरु बिहिबारबाट शुरु हुनेछन् । नेपालले अक्टोबर १३ देखि २२ तारिखसम्म इरानमा हुने एएफसी फुटसल च्याम्पियनसिपमा सहभागिता जनाउने प्रतियोगिताको खेलाडी छनोटको रुपमा हेरिएको प्रतियोगितामा विभिन्न १६ टिमले च्याम्पियनसिपमा लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरिरहेको छ ।

च्याम्पियनसिपको विजेताले पाँच लाख प्राप्त गर्नेछन् । यस्तै उपविजेताले २ लाख ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै उत्कृष्ट गोलरक्षक, डिफेन्स, फरवार्ड र मिडफिल्डर र प्रशिक्षकले समान २०–२० हजार प्राप्त गर्नेछन् ।

April 19, 2025

बिर्तामोडमा फुटसल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा सात खेलाडी सम्मिलित खुला फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता बैशाख १९ र २० गते हुनेछ । बिर्तामोड ५ स्यालडाँगीनजिकै रहेको फुटसल कोर्टमा हुने प्रथम बिर्तामोड फुट-७ कप खुला फुटसल प्रतियोगिता बिर्तामोड स्पोट्र्स सेन्टरले आयोजना गर्न लागिएको हो सेन्टरका सञ्चालक गणेश कटुवालका अनुसार पूर्वमा अहिलेसम्मको ठूलो पुरस्कार राशीको फुटसल […]

April 7, 2025

विके सुनचाँदीलाई छैटौं ताम्रकार फुटसलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता विके सुनचाँदी पसलले छैटौं ताम्रकार फुटसल प्रतियोगिताको उपाधि जितेको छ । सानेपास्थित फिल्ड फुटसलमा सम्पन्न प्रतियोगिताको फाइनलमा विकेले ओरियन इलेक्ट्रिकल्सलाई टाइब्रेकरमा पराजित गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा २-१ ले जित्दै विकेले उपाधि रक्षा गर्यो । फाइनलको प्लेयर अफ द म्याच सृजन ताम्रकार बने । […]

March 31, 2025

ताम्रकार फुटसलको सेमिफाइनल समिकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद) – ताम्रकार फुटसलको छैटौं संस्करणको सेमिफाइनल समीकरण पूरा भएको छ । सानेपा स्थित फिल्ड फूटसलमा विके सुनचाँदी पसल र ओरियन इलेक्ट्रिकल्स समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरे । विकेले पहिलो खेलम तिछु गल्लिसँग गोलरहित बराबरी खेलेको थियो । दोस्रो खेलमा मिलन ज्वेलर्सलाई १-० ले हरायो । त्यस्तै ओरियन पहिलो खेलमा उग्रचण्डीसँग गोलरहित […]

Success

Thank you for your time.